अमर माविमा छात्रवृत्ति अक्षय कोष स्थापना गरिने

संवाददाता
फाल्गुन २२, २०८०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ मा रहेको अमर माध्यमिक विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गरिने भएको छ । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने उदेश्यले छात्रवृत्ति अक्षय कोष स्थापना गर्न लागेको हो ।

आइतवार विद्यालयकी प्रधानाध्यपक मालती उप्रेतीले अक्ष्य कोष स्थापना गर्नको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमलाई नगद ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेकी छन् । विद्यालयकी प्रधानाध्यापक उप्रेतील आफ्नो छोरा आदर्श बिक्रम बर्तौलाको जन्मोत्सवको अवसरमा रमक हस्तान्तरण गरेकी हुन् ।

छात्रवृत्ति अक्ष्य कोषले बालबालिकाको जीवनमा ठुलो भुमिका निर्वाह हुने भएकाले विद्यालयले स्थापना गर्न लागेको कोषमा सहयोग गरिदिन आग्रह गरेकी छिन् । कक्षा नर्सरी देखि १० कक्षा सम्म अध्यापन हुने अमर मावि विद्यालयमा ६ सय ४८ जना विद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*