खेलकुद महोत्सवः राष्ट्रिय तेक्वान्दोमा ज्योति डोजाङ प्रथम

संवाददाता
पुस ९, २०८०

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत सोमबार भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ज्योति तेक्वान्दो डोजाङ प्रथम भएको छ ।

१२ वटा तौल समूहमा भएको प्रतियोगितामा ज्योतिले ३ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित पहिलो भएको हो । ३ स्वर्ण र एक काश्यसहित किरणचोक तेक्वान्दो डोजाङ द्वितीय भएको छ भने २ स्वर्ण, ४ रजत र एक काश्यसहित क्रियटिभ डोजाङ तृतीय भएको छ ।

पशुपति डोजाङले २ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको छ भने माउण्ट एभरेष्ट डोजाङले १ स्वर्ण र एक रजत जितेको छ । यस्तै टिसिएन डोजाङले एक स्वर्ण र एक रजत, जेनिथ डोजाङले ५ कास्य र ज्ञानोदय डोजाङले २ कास्य जितेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा मकवानपुरको ८ वटा डोजाङले सहभागिता जनाएका थिए ।

विजेता खेलाडीहरुलाई नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली, हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, ६ नम्बर वडा अध्यक्ष विष्णु दाहाल, ८ नम्बर वडा अध्यक्ष राम थापा, ९ नम्बर वडा अध्यक्ष शुकराम केसी, १० नम्बर वडा अध्यक्ष फुर्वादोर्जे लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेष खड्की, पूर्व अध्यक्ष सानु लामा लगायतले पुरस्कार वितरण गरेका हुन् । महोत्सवमा दैनिक विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भैरहेको छ ।

महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधाका खेलमा स्पर्धा स‌ैचालन हुनेछ । महोत्सव आयोजक समितिका संयोजक तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजना भएको महोत्सवमा सबै क्षेत्रको सहयोग प्राप्त भैरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*