म्यानेजमेन्टमा तीन दिने ‘फुड’ मेला सुरु

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा ‘फुड’ मेला शुरु भएको छ । बुधबारबाट शुरु भएको मेला शनिबार सम्म सञ्चालन हुने छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी बीच प्रतिस्पर्धा गराउँदै शिक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कलेजले जनाएको छ ।
म्यानेजमेन्टका प्रिन्सिपल पुरणबहादुर जोशीको अध्यक्षतामा भएको मेलाको उद्घाटन त्रिभुवन विश्वविद्यालयका एशोसिएट प्रोफेसर डा। प्रमोद पौडेलले गरेका थिए । विभिन्न प्रतियोगिता सहित सुरु भएको कार्यक्रमले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने डा। पौडेलले बताए ।
१० वटा फुड स्टल रहेको मेलामा विद्यार्थीहरुले उत्पादन गरेका खानेकुराको बिक्री सहित विभिन्न १२ विधामा प्रतिस्पर्धा गराइने कार्यक्रम संयोजक प्रज्वला गजुरेलले बताइन् । उनका अनुसार फुड मेलासहित वक्तृत्वकला, मामिला अध्ययन, फुड मेला, नाटक, आईटी क्वीज, ग्राफिक डिजाइन सहितका प्रतियोगिता सञ्चालन हुने र समापनमा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने छ ।
कार्यक्रममा नेपाल कमर्श क्याम्पसका प्रकाश श्रेष्ठ, सिटी कलेज हेटौंडाका प्रिन्सिपल श्रीबहादुर कार्की, म्यानेजमेन्टका शिक्षा विभाग प्रमुख प्रधुम्न उपाध्याय लगायतको आतिथ्यता रहेको थियो ।