बागमतीमा डेंगु सक्रमितको संख्या ११ हजार नाघ्यो

संवाददाता
मंसिर २०, २०८०

मकवानपुर– बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । प्रदेशको १३ जिल्लामा गरी डेंगु संक्रमितको कुल संख्या ११ हजार ३२८ जना पुगेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेशमा १ जनवरी २०२३ देखि हालसम्ममा सो संख्यामा डेंगु संक्रमित फेला परेको हो । तीमध्ये सबैभन्दा धेरै संक्रमित धादिङ जिल्लामा भेटिएका छन् । त्यहाँ तीन हजार ७६६ जनामा डेंगु पुष्टि भएको हो ।

यसैगरी, डेंगु संक्रमित हुनेहरुमा काठमाडौंमा दुई हजार ९०७, ललितपुर एक हजार ३५४, मकवानपुर ७८२, चितवन एक हजार ५७३, भक्तपुर ५३०, नुवाकोट १०४, काभ्रेपलाञ्चोक १७८, रामेछाप ५०, सिन्धुली ३४, सिन्धुपाल्चोक २६, दोलखा १८ जना र रसुवामा ६ जना रहेका छन् ।

यस्तै, उक्त संक्रमणका कारण धादिङ र ललितपुरका दुई÷दुई जना, काभ्रेपलाञ्चोक र मकवानपुरका एक/एक जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*