श्रीमितेरी साकोसको चौमासिक समिक्षा

संवाददाता
मंसिर १८, २०८०

हेटौंडा– मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा ५ मा रहेको श्रीमितेरी बचत तथा ऋण सहकारी संस्थाको चौमासिक समिक्षा तथा तरलता व्यवस्थापन कार्यक्रम भएको छ ।

शनिबार संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले गरेका कार्तिक महिना सम्मको आर्थिक प्रगति प्रतिवेदनमाथी छलफल गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष दुतराज तितुङ, संस्थाका पूर्व अध्यक्ष मधुकर कार्की, निवर्तमान अध्यक्ष शान्तलाल लामा, सल्लाहकार केशव कार्की, विन्दु विष्ट लगायत सञ्चालक समिति, लेखा समिति लगायत विभिन्न उपसमितिका सदस्य गरी ३१ जनाको सहभागिता रहेको थियो ।

समिक्षा कार्यक्रममा कार्तिक महिना सम्ममा भएका वित्तीय प्रतिवेदन संस्थाका व्यवस्थापक सरोज थापामगरले प्रस्तुत गरेका थिए । १५ करोड भन्दा बढीको कारोबार कार्तिक सम्ममा भएको संस्थाका सुचना अधिकारी एंव ऋण अधिकृत उमेश बस्नेतले बताए । कार्यक्रममा संस्थाको शेयरपुजीँ, कर्जा लगानी, निक्षेप वृद्धिका विषयमा छलफल गरिनुका साथै तरलता व्यवस्थापनको विषयमा छलफल गरिएको सुचना अधिकारी बस्नेतले बताए ।

छलफल पश्चात आव २०८०र८१ को वार्षिक बजेट एंव रणनैतिक योजना अनुसार कार्यान्वयन गरिनुका साथै ऋण लगानी वृद्धि, भाका नाघेको ऋण र सदस्यस्ता वृद्धिका लागि विभिन्न कार्यहरु सञ्चालन गरिने संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए ।

संस्थाले सवारी खरिद ऋणमा आधाआधा प्रतिशत कार्यान्वयन गरिने, मितेरी पूर्ण टोल बस्ती घोषणा कार्यक्रम गर्ने, ऋण ताकेतालाई निरन्तरता दिने, सदस्य विस्तार गर्ने, तरलता बढी हुँदा लगानीलाई विशेष प्राथमिकता दिएर जोखिम नबढ्ने गरी लगानी गर्ने जस्ता विषय निर्णय गरिएको व्यवस्थापक थापामगरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*