शिवम् सिमेन्ट्सद्वारा दुई विद्यालयलाई सहयोग

संवाददाता
२०८० मंसिर १७, आईतवार १८:१०

शिवम् सिमेन्ट्स लिमिटेडले हेटौंडा–१७, हटिया मकवानपुर स्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवन स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि स्कुल ब्याग वितरण गरेको छ ।

शिवम् सिमेन्ट्स लि।ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुल ब्यागहरु वितरण गरेको हो । उद्योग तथा खानी क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विगतका वर्षहरूमा पनि विभिन्न शैक्षिक सामाग्रीहरूको वितरण, छात्रवृत्ति कोषको स्थापना तथा न्यानो कपडाहरू वितरण जस्ता कार्यहरू गर्दै आइरहेको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*