सरकारप्रतिको आक्रोश राजनीतिक प्रणालीविरुद्ध प्रयोग भयोः बर्तौला

संवाददाता
२०८० मंसिर १४, बिहीबार १९:५०

हेटौंडा– मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले सचेतक महेशकुमार बर्तौलाले सरकारप्रतिको आक्रोश वर्तमान राजनीतिक प्रणालीविरुद्ध प्रयोग भएको बताएका छन् ।

बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजिएको बताएका हुन् । संघीय संसदमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकमा निराशा र आक्रोश बढेको बताएका हुन् । जनतामा सरकारप्रति निराशा र आक्रोश भएको भन्दै उनले सोही निराशा र आक्रोशलाई वर्तमान राजनीतिक प्रणालीविरुद्ध प्रयोग गर्न खोजिएको बताए ।

उनले आक्रोशित समुदायलाई व्यवस्था विरोधी बनाउन र शासकीय प्रवन्धहरुलाई कमजोर बनाउन संगठित गर्न खोजिएको भन्दै त्यो कुरा दिवासपना मात्रै हुने बताए । उनले व्यवस्था र संविधानविरुद्धमा हुने गतिविधिलाई निस्तेज पारिने पनि बताए । सचेतक बर्तौलाले व्यवस्था विरोधी स्वर सुनिन थाल्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएको उनको भनाइ छ ।

उनले गणतन्त्रको विकल्प नभएको बताए ।सचेतक बर्तौलाले ठूला राजनीतिक दलहरु मौन बस्दा सरकारले फेरि पनि अस्थिरता, अन्योलता र अराजकताको खेती गरेको हो कि रु भन्ने आशंका उब्जिएको बताए । उनले वर्तमान राजनीतिक व्यवस्था नढल्ने भए पनि नेतृत्वले कार्यशैलीमा भने परिवर्तन गर्नु आवश्यक रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*