एसियाली बुद्धिचाल प्रतियोगिता सुरु

संवाददाता
२०८० मंसिर १४, बिहीबार १९:४९

हेटौंडा– मकवानपुरको हेटौंडामा आजबाट अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको हो ।

बुधवार बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका छन् । आगामी मंसिर १७ गतेसम्म संचालन हुने प्रतियोगितामा ४ देशका ८५ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा भारतका ५४, नेपालका २४, बंगलादेशका ६ र श्रीलंकाका एक खेलाडी सहभागी छन् । उद्घाटन कार्यक्रम मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा संघका केन्द्रीय महासचिव धरम लामा, उपमहासचिव मोनालिसा खम्बु, प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्कीलगायतको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ जित्नेछन् ।

यस्तै छैठौंदेखि दशौं स्थानसम्मका प्रत्येक प्रतियोगिले नगद १५ हजार, एघारौंदेखि १५ औंसम्मले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय लगायत विभिन्न विधामा ३८ जनाले नगदसहित पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*