मकवानपुरगढीमा राष्ट्रियगान गाएर सेवा प्रवाह सुरु
हेटौंडा– मकवानपुरगढी गाउँपालिका कार्यालयले कार्यालयबाट प्रवाह गरिने सेवा दिनुभन्दा अगाडि राष्ट्रियगान गाएर सेवा शुभारम्भ गर्ने गरेको छ ।
गाउँपालिका कार्यालयले मंसिर १ गतेदेखि बिहान १० बजे सबै कर्मचारीलाई कार्यालयको प्रा·णमा उभ्याई राष्ट्रियगान गाउन लगाएर काम सुरु गरेको हो ।कर्मचारीलाई सेवा प्रवाहप्रति उत्तरदायी बनाई नियमित समयमै कार्यालयमा उपस्थितगराउनका लागि प्रत्येक दिन बिहान १० बजे राष्ट्रियगान गाउने र लगत्तै सेवाग्राहीको काम गर्ने उद्देश्यले कार्यक्रमको थालनी गरिएको गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानले बताए ।
गाउँपालिका अध्यक्ष स्याङ्तानल भने–‘यस प्रक्रियाले कर्मचारीमा समेत राष्ट्रप्रतिको समर्पणको भाव, राष्ट्रप्रतिको अपनत्वको भावको समेत विकास भई, लगनशीलता, काम गर्ने हौसलाका साथै कर्मचारी समयमै कार्यालयमा हाजिर हुने बानीको समेत विकास हुन्छ।’ उनले यस कार्यलाई निरन्तरता दिइने बताउँदै यसले कर्मचारी र सेवाग्राही दुवैपक्षलाई अनुशासित हुन टेवा पुग्ने विश्वास रहेको समेत बताए ।
विगतमा कर्मचारी समयमा कार्यालयमा उपस्थित नहुने गरेको सेवाग्राहीले गुनासो गरेका थिए । कर्मचारी आफ्नो समयमा उपस्थित भए सेवा प्रवाह छिटोछरितो भरपर्दो हुने सेवाग्राहीकोभनाइ छ । अहिले कार्यालयले ईहाजिरीको पनि ब्यबस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले जानकारी दिए ।