मञ्जुश्रीको साधारणसभा, ६ करोड बढी कारोबार

संवाददाता
कार्तिक १७, २०८०

हेटौंडा– हेटौंडा १४ बदेलधाममा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाको शनिबार १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेसन भएको छ । संस्थाका अध्यक्ष चन्द्रा देवी तामाङको सभाध्यक्षता तथा वडा नम्बर १४ का वडा अध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

सभाको अवसरमा संस्थाले सदस्यलाई पुरस्कृत तथा सम्मान गरेको छ । असल ऋणीतर्फ सरिता सुनार, धेरै कर्जा लिएर सदुपयोग गर्ने यशोदा बडाल, सफल व्यवसायी अम्बिका मोक्तान, असल बचतकर्ता नियमिततर्फ शान्तअशिकेन घलान, अनिता तितुङ, रुपलाल तामाङ र दैनिक तर्फ माया थिङलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै अनुशासित समूहतर्फ सयपत्री समूह र लालिगुरासँ समूह, अधिक खुत्रुके बचतकर्ता आयन्स घलान, नियमित बलबचतकर्ता आरोस मोक्तानलाई पनि पुरस्कृत गरिएको थियो । संस्थाले जेष्ठ शेयर सदस्यतर्फ भने काइलीमाया गोङ्बा, इन्द्रकुमारी अधिकारी, ठुलीमाया मोक्तान, आइतीमाया स्याङ्तानलाई सम्मान गरिएको थियो ।

संस्थाले ६ करोड २ लाख ९७ हजार ३३९ रुपैयाँको कारोबार गरेको छ । ४५ वटा समूहका एक हजार ३८२ जना शेयर सदस्य संस्थाका आवद्ध रहेका छन् ।

७२ लाख ३४ हजार ३ सय पुजीँ रहेको संस्थाले सदस्यलाई ४ करोड २० लाख ६७ हजार ९९ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक मनुकुमारी स्याङ्तानले बताइन् । संस्थामा ४ करोड ६५ लाख २२ हजार ७१५ रुपैयाँ बचत रहेको छ ।

सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, हेटौंडा उपमहानगर सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, नेफ्स्कुन फिल्ड हेटौंडाका अमन विडारी, जिल्ला सहकारी संघका सदस्य भोगेन्द्र लुईटेल, वडा सदस्य बिना थिङ, जनचेतना साकोसका अध्यक्ष जानुका दवाडी, संस्थाका संस्थापक अध्यक्ष सान थिङ लामा, निवर्तमान अध्यक्ष श्रीमाया थिङ, भूटनदेवी साकोसका अध्यक्ष चमेलीमाया सिंजाली मगरलगायतको आतिथ्यता रहेको थियो ।

मञ्जुश्री साकोसमा पुनः तामाङ

हेटौंडा– हेटौंडा–१४ बदेलधापमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाको शनिबार १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेसन बाट पुनः चन्द्रा देवी तामाङको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ ।

संस्थाको अध्यक्षमा चन्द्र देवी तामाङ, उपाध्यक्षमा बसन्ती थिङ, सचिवमा श्रीराम गोले तामाङ, कोषाध्यक्षमा विमला लामिछाने चयन भएका छन् । यसैगरी संस्थाको सदस्यहरुमा कमला थिङ, पविता भण्डारी, विमला भोम्जन, दुर्गा गोले, सुजीता लामा रिमाल चयन भएका छन् ।

सभाले लेखा समितिको संयोजकमा श्रीमाया थिङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा चमेली लामा र सावित्री धिमाल चयन भएको निर्वाचन समितिका संयोजक वीरेन्द्र प्रसाद ढुङ्गानाले बताए । तामाङको नेतृत्वमा बनेको समितिले ४ वर्ष संस्थाको नेतृत्व गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*