महिला सेवाको ३१ करोड ६३ लाख कारोबार

संवाददाता
कार्तिक १७, २०८०

हेटौंडा– हेटौंडा–१२ पान्तलेमा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा १० औं अधिवेसन शनिबार भएको छ । संस्थाका अध्यक्ष यशोदा पराजुलीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

सभाको अवसरमा संस्थाले विभिन्न विधामा सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको छ । ७० वर्ष माथीका सदस्य सानुमाया थिङ, हस्तकुमारी अर्जेल, राधा उपाध्याय, लीलामाया सञ्जेल र साइलीमाया थिङलाई सम्मान गरिएको थियो । त्यस्तै, एकल महिलातर्फ विष्णुमाया थिङ, हरि माया मोक्तान, अम्बिका रुपाखेती, ठुलीमाया गोले र माइलीमाया मोक्तानलाई सम्मान गरिएको थियो ।

सभामा उत्कृष्ट समूहतर्फ फूलबारी महिला समूह र महिला समूहलाई पुरस्कृत गरिनुका साथै उत्कृष्ट बाल समूहतर्फ बाल समूह नम्बर २४लाई पुरस्कृत गरिएको थियो ।

नियमित र धेरै बचत रकम जम्मा गर्ने सुशीला न्यौपाने र पार्वती पौडेल, खुत्रुके बचततर्फ युविना मोक्तान, बाल बचततर्फ आकृति लामिछाने, असल ऋणीतर्फ सबिना जिँबालाई पुरस्कृत गरिएको थियो ।

सभामा वडा नम्बर १२ का कार्यबहाक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनका दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

सभामा कार्यपालिका सदस्य रुक्मिनी गोङ्बा, नेफ्स्कुन फिल्ड उपसमिति सदस्य कुमारी श्रेष्ठ, ग्रामीण महिला सेवा केन्द्रको अध्यक्ष सुलोचना स्याङ्तन, जिल्ला बचत संघका व्यवस्थापक सुमित्रा कुमारी वाईवा, आधुनिक महिला जागृति साकोसका कोषाध्यक्ष लक्ष्मी ढुङ्गेल, लेखा समिति संयोजक अचला शर्मा, बुद्ध माविका प्रअ किसन थापा लगायतको आतिथ्यता रहेको थियो ।

सहकारीले ३१ करोड ७३ लाख ९५ हजार २९१ रुपैयाँको कारोबार गरेको छ । ३ करोड ३२ लाख ५८ हजार २ सय शेयरपुजीँ रहेको सहकारीले सदस्यलाई २४ करोड ५८ लाख ७९ हजार ३७४ रकम कर्जा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थामा २१ करोड २८ लाख ७ हजार ६८० बचत निक्षेप रहेको छ भने १ करोड ६४ लाख ४२ हजार ४११ रुपैयाँ जगेडा कोष रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*