हेटौंडा जेसीजद्वारा आयोजित वक्तृत्वकलामा पौडेल प्रथम
हेटौंडा– हेटौंडा जेसीजले आयोजना गरेको राष्ट्रियस्तरको वतृत्वकला प्रतियोगितामा नवलपुर जिल्लाकी यमकला पौडेल प्रथम भएकी छन् । उनले नगद २५ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै प्रतियोगितामा पोखराकी सुस्मा आचार्य दोस्रो र नवलपुरकी पूजा पराजुली तेस्रो भएकी छन् ।
उनीहरुले क्रमश नगद १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । ‘कहाँ छ खुसी’ शीर्षकमा देशैभरबाट छनौट भएका १० जना विद्यार्र्थीबीच सोमबार फाइनल प्रतियोजिता भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले विजयी तथा सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
गृहमन्त्री श्रेष्ठले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि सरकाले विशेष योजना ल्याउने बताउँदै सामाजिक संस्थाले यस्ता किसिमका कार्यक्रम आयोजना गरेर समाजमा धैरै ठूलो योगदान पु¥याएको बताए । हेटौंडा जेसीजले सन् २०२० बाट वर्षेनी वतृत्वकला ९पब्लिक स्पिकिङ० प्रतियोगिता आयोजना गर्दै आएको हेटौंडा जेसीज वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए ।
कार्यक्रममा प्रतियोगिताका निर्णायक घनश्याम घिमिरे, निमेष निखिल, निरा शर्मा र दीपकराज मिश्रलाई सम्मान गरिएको थियो । मकवानपुरका विशिष्ट व्यक्तिहरुसँगै कार्यक्रममा विभिन्न जेसीज शाखाका अध्यक्षहरुसमेत अतिथिको रुपमा सहभागी थिए । बिगतमा यस्तै प्रतियोगितामा क्रमश सन २०२० मा प्रिन्सि काफ्ले, २०२१ मा रिमा काफ्ले र सन २०२२ मा गरिमा घिमिरे प्रथम भएका थिए ।