पक्राउपछि अनमोल केसीलाई राति नै अस्पताल लगियो, भएको के हो ?

संवाददाता
अशोज १३, २०८०

हेटौंडा– १२ असोज शुक्रबार मध्यान्ह पक्राउ परेका अभिनेता अनमोल केसी राति नै अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखा परेको भन्दै उनी चिरायु अस्पतालमा भर्ना भएका हुन् ।

केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरी बानेश्वरस्थित अपराध महाशाखा ल्याएको थियो । चलचित्रमा अभिनयका लागि एडभान्स लिएर काम नगरेको आरोप केसीमाथि छ ।

रावायण चलचित्रका लागि १० लाख एडभान्स लिएको र काम गर्ने बेलामा सहमति नभएको भन्दै हिँडेपछि केसीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

चलचित्रका निर्देशक सुदर्शन थापाले केसीले विश्वासघात गरेको प्रतिक्रिया दिए । ‘चलचित्र खेल्छु भनेर पैसा बुझेर तीन महिनासम्म तयारी गरेर फ्लोरमा जाने बेलामा विश्वास घात गर्नुभयो’, थापाले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*