२० मुसहर परिवारलाई एउटा व्यक्तिले बनाइदिएको घर

संवाददाता
अशोज १३, २०८०

हेटौंडा– बारा जिल्लामा एउटा व्यक्तिको चाहनाले अतिविपन्न २० मुसहर (घाँगर) परिवारलाई छानाको व्यवस्था भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ नगौलमा भूमिहीन मुसहर समुदायलाई एकीकृत बस्ती निर्माण गरेर तालासाँचो हातमा दिइएको छ ।

जंगबहादुर राणाको परिवार सदस्यहरुको प्रभुशमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले २० घर निर्माण गरेर शुक्रबार २० मुसहर परिवारलाई हस्तान्तरण गरिएकोहो । गुठीकी संस्थापक संरक्षक ८४ वर्र्षीया राजी राणाले गोलाप्रथाबाट नम्बरका आधारमा मुसहरहरुलाई घर छनोट गर्न लगाएकी थिइन् । राणाले घरको तालासाँचोसँगै प्रतिपरिवार १० हजारका दरले बन्दोबस्ती खर्चसमेत उपलब्ध गराएकी छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहकी माइजूसमेत रहेकी राणाले घर हस्तान्तरण गर्दै भनिन्, ‘हाम्रो सहयोगले कसैको घरमा बत्ति बल्छ भने त्यसमा हामी खुशी हुनेछौँ । प्रभुको ९श्रीमान प्रभु राणा०को सम्झनामा घर बनाइदिएकी हुँ ।’, नगौलमा जग्गा खरिद गरेर २० वटा ढलान घर तयार गर्दा ८ करोड रुपैयाँ खर्च भएको राणाका सहयोगी नवराज अर्यालले जानकारी दिए । प्रतिघर निर्माण गर्दा १८ लाख रुपैयाँ खर्च भएको छ । घरमा ३ वटा कोठा, एउटा शौचालय, ट्युबेल धाराको व्यवस्थापन गरिएको छ ।

हाल गुठीको नाममा रहेको जग्गामा बनेको घरको स्वामित्व मुसहरहरुलाई कागज गरेर उपलब्ध गराइएको छ ।उनीहरुले घर, जग्गा किनबेच गर्न भने पाउँदैनन् । कूल ७ कठ्ठा १२ धुर क्षेत्रफलमा ३ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण गरिएका २० वटा तीनकोठे पक्की घर वडा कार्यालयको रेखदेख तथा संरक्षणमा रहने छ । नयाँ घर पाएपछि मुसहर समुदायमा खुसी छाएको छ ।

गोलाप्रथाबाट २० नम्बरको घर पाएका छोटेलाल माझी मुसहरले प्लाष्टिकले बेरेको छाप्रोबाट ढलान घरमा बस्न पाउँदा खुशी लागेको बताए । नयाँ घरमा सरेपछि अब बाढीले नडुबाउने उनले सुनाए । ‘पहिला प्लाष्टिकले बेरेको छाप्रोमा बस्थ्यौं । अब बालबच्चालाई पनि राम्रो भयो ।’, उनी भन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*