भीमफेदीको बजेट ६८ करोड ५४ लाख
हेटौंडा– मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ६८ करोड ५४ लाख १९ हजार ७ सय ६९ रुपैंयाको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालुतर्फ ३३ करोड २० लाख ८ हजार १ सय ६६ रुपैंया रहेको छ भने पुँजीगततर्फ ३५ करोड ३४ लाख ९१ हजार ६ सय ३ रुपैंयाँ रहेको छ ।
आगामी आर्थिक बर्षको बजेटमा बिशेषगरी कृषि र स्वोरोजगार क्षेत्रलाई प्राथमिकतामा राखिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । उनले यो बर्ष चरम खडेरीको कारण अधिकांश किसानको मकैबालीमा करिब ३० प्रतिशत नोक्सान हुने निश्चित भएको हुँदा यसलाई मध्यजनर गरेर अनिकालबाट जोगाउन यस्तो योजना ल्याइएको बताए ।
यसको समाधानको लागि रैथानेबाली कोदो र फापर लागाउने किसानको लागि उत्पादनको आधारमा नगद अनुदानको ब्यवस्था गरिएको अध्यक्ष लामाले बाताए ।
यस्तै आगामी बर्षको बजेटमा उद्यमी महिला तथा युवाहरुको लागि ब्याज अनुदानको पनि व्यवस्था गरिएको बताए । यस्तै आगामी बर्षको बजेटमा पालिकामा कार्यरत मजदुरकोे पालिकामा सूचिकृत गराएर अनिवार्य सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने पनि बजेटमार्फत समेटिएको अध्यक्ष लामाले जानकारी गराए ।
आइतबार भएको गाउँपालिकाको दशौं गाउँसभामा पालिकाका उपाध्यक्ष सन्जीव श्रेष्ठले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भएर सर्वसम्मत पारित भएको हो ।