मकवानपुरमा अनलाइन मिडिया एसोसिएसन गठन

संवाददाता
२०८० जेष्ठ ४, बिहीबार १७:४८

मकवानपुर– अनलाइन मिडियाका सञ्चालकहरुको छाता संगठनको रुपमा अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) गठन गरिएको छ । हेटौंडामा आयोजित अनलाइन सञ्चालकहरुको भेलाले ओमानको तदर्थ समिति गठन गरेको हो ।

भेलाले हेटौंडाको पुरानो स्थापित डिजिटल पत्रिका खबरब्रेक डटकमका सञ्चालक धर्मेन्द्र दाहालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र गौतम, उपाध्यक्षद्वय सुनिता विष्ट र रुपक कालिराज, महासचिवमा उज्वल अधिकारी, सचिवद्वय मनोज देवकोटा र राजेश थापा तथा कोषाध्यक्षमा प्रवेश धिताल कुन्दन चयन भएका छन् ।

एसोसिएसनको सदस्यहरुमा दीपेश दाहाल, गोविन्द तिमल्सिना र भूपेन्द्र राना चयन भए । आवश्यकताको आधारमा थप केही सञ्चालकहरुलाई कार्यसमितिमा ल्याइने अध्यक्ष दाहालले जानकारी दिएका छन् । स्वरोजगार अनलाइन मिडियालाई स्तरीय र विश्वसनीय बनाई टिकाउने वातावरण बनाउन संस्थाले पहल गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*