प्रेस युनियनको अध्यक्षमा बिडारी

हेटौंडा– नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा सुबास विडारी सर्वसम्मत चयन भएका छन् ।प्रेस युनियन मकवानपुरको आइतबार हेटौंडामा भएको सातौं अधिवेशनले बिडारीको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले युनियनको उपाध्यक्षमा कपिल खड्का, महिला उपाध्यक्षमा सन्नु रिजाल देवकोटा, सचिवमा बलराम पुडासैनी, सहसचिवमा प्रवेश धिताल ९कुन्दन० र कोषाध्यक्षमा प्रदीप अधिकारीलाई चयन गरेको हो । यसैगरी, सदस्यहरुमा गणेश दुलाल, कुमारमणि हुमागाई, रोशनदीप थापा, सन्देश थिङ, अनिषा थापा र सम्झना थापा चयन भएका छन् ।
निर्वाचित नयाँ समितिलाई प्रेस युनियन केन्द्रीय सदस्य एंव केन्द्रीय निर्वाचन प्रतिनिधि बसन्त पराजुलीले खादा लगाई बधाई ज्ञापन गरेका थिए । युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतको विशेष आतिथ्यता रहेको थियो ।
सोही अवसरमा संस्थापक अध्यक्ष राममणि दाहाल, पूर्वअध्यक्ष कमल अधिकारी, गोकर्ण सुवेदी र निवर्तमान अध्यक्ष रुपेश दुलाललाई सम्मान गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज ढोडारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, स्वतन्त्र पत्रकार संघका अध्यक्ष गोकुल अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।