हेटौंडा उपमहानगरद्वारा सुझाव संकलनका लागि ‘क्यूआर कोड’

संवाददाता
बैशाख २९, २०८०

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रमहरु तय गर्नको लागि सुझाव संकलनका लागि क्यूआर कोड सार्वजानिक गरेको छ । विभिन्न चरणमा विभिन्न विषयगत समितिहरु\शाखा\महाशाखागत रुपमा छलफल गर्दै आइरहेको छ ।

आ.व २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट प्राविधिक दृष्टिले सामाजिक रूपमा सन्तुलित एवं राजनैतिक रूपमा स्वीकार्य विकास प्राप्तिका लागि समन्वय कायम गर्दै विकासका साझा गन्तव्य\प्राथमिकता चयन गर्नुपर्ने भएकोले क्यूआर कोड मार्फत नगरवासीहरुले उपमहानगरपालिकाको आगामी नीति, कार्यक्रम तथा बजेट प्रति आम धारणा एवं सुझाव राख्न आग्रह गरेको छ ।

क्यूआर कोड मार्फत सुझाव संकलन गर्ने निर्णय गरेको सँगै उक्त क्यूआर कोड प्रत्येक वडा कार्यालय, स्वास्थ्य चौकी÷ स्वास्थ्य केन्द्र साथै उपमहानगरपालिकाको फेसबुक पेज\ट्वीटर एकाउन्टका साथै उपमहानगरको वेवसाइड मार्फत सार्वजनिक गरिएको हो । साथै आम नगरवासीहरुलाई नीति, कार्यक्रम तथा बजेट निर्माणमा सुझाव दिन अनुरोध समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*