लटारम्मेश्वर पुग्न छोटो मार्ग बनाउँदै भीमफेदी

संवाददाता
बैशाख २१, २०८०

हेटौंडा– मकवानपुरमा पछिल्लो समय निकै चर्चित पर्यटकीय स्थलका रुपमा चिनिएको लटारम्मेश्वर पुग्ने छोटो मार्ग बनाउन भीमफेदी गाउँपालिका लागेको छ ।

भीमफेदी गाउँपालिकाले दुई करोड भन्दा बढी लगानी गरेर ८ नम्बर वडास्थित लटारम्मेश्वर महादेव मन्दिर पुग्ने सडक र पदमार्ग निर्माण गरिरहेको छ । लटारम्मेश्वर बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाको सीमानामा रहेको डब्लूडाँडाको बीचको टाकुरामा रहेको छ । हिन्दु धर्मको पौराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीले देहत्याग गरेपछि महादेवले उनको शरीर लिएर हिँडने क्रममा उनको जटा ९टाउकोको कपाल० पतन भएको स्थानको रुपमा उक्त क्षेत्रलाई लिइन्छ ।

सतिदेवीको जटा झरेर पतन भएको पौराणीक कथा अनुसार उक्त स्थानको नाम लटारम्मेश्वर महादेव भएको बताइन्छ ।हरेक वर्ष माघे सक्रान्ती र बैशाख १ गते यहाँ विशेष मेला लाग्ने गरेको छ । विगतमा १ माघमा मात्रै लाग्ने गरेको मेला पछिल्ला वर्षमा १ वैशाखमा पनि मनाउन थालिएको छ ।

लटारम्मेश्वर पुग्ने दुई वटा बाटोहरु छन् । एउटा बकैया गाउँपालिकाको ठिंगन नजिक खोरभञ्ज्याङबाट र अर्को भीमफेदी–८, महादेवटारबाट पुग्न सिकन्छ । खोरभञ्ज्याङबाट भने लटारम्मेश्वर पुग्न निकै टाढा र धेरै पैदलयात्रा गर्नुपर्ने हुन्छ । तर, भीमफेदीतर्फको महादेवटारबाट भने छोटो समयमै लटारम्मेश्वर पुग्न सकिने भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा बताउँछन् ।

उनका अनुसार महादेवटार भन्दा माथि डाँडासम्म सवारीसाधन पु¥याउन गाउँपालिकाले सडक निर्माण गरिरहेको छ । सवारीसाधन रोकिएको स्थानबाट करिब १ घण्टाको पैदलयात्रामा लटारम्मेश्वर पुग्न सकिने अध्यक्ष लामाले बताए । गाउँपालिकाले सडक मार्ग र पदमार्ग निर्माणका लागि २ करोड भन्दा बढी खर्चिन बजेट छुट्याइसकेको उनको भनाई छ ।बकैयाको खोरभञ्ज्याङबाट भने करिब ४–५ घण्टाको पैदल यात्रापछि मात्रै लटारम्मेश्वर पुग्न सकिन्छ ।

छोटो र सहज यात्राबाटै लटारम्मेश्वर पुग्न सकिने गरी भीमफेदी गाउँपालिकाले लगानी गरिरहेको हो । लटारम्मेश्वर पुग्न काठमाडौंबाट पनि नजिक पर्दछ । काठमाडौंबाट ललितपुरको बागमती गाउँपालिका हुँदै मकवानपुरको सीमनास्थित बागमती पुल नजिकैबाट भीमफेदीको महादेवटार जाने उकालो लागेपछि लटारम्मेश्वरको फेदीमा पुगिन्छ । धार्मिक पर्यटनका हिसाबले लटारम्मेश्वर महादेवको मन्दिर पर्यटकीय गन्तव्य बनेको छ । समुन्द्री सतहबाट एक हजार ८ सय ५६ मिटरको उचाइमा रहेको यो मन्दिरबाट देखिने मनोरम हिम शृंखलाले पर्यटकलाई पुलकित बनाउँछ ।

डब्लूडाँडाको थुम्कोमा पुगेपछि देखिने प्राकृतिक दृश्यहरुले पर्यटकलाई हिडाईको थकान मेटाउँछ । यो थुम्कोबाट आकर्षक गणेश हिमाल देखिन्छ । डब्लु डाँडालाई छिनमै बादलले ढकमक्क ढाक्छ । छिनमै बादल फाटेर प्राकृतिक सुन्दरता देखिनु यो मन्दिरको अर्को विशेषता हो । सरर चल्ने सिरसिरे हावाकै कारण बोटविरुवाका पातहरु बयेली खेलिरहेका दृश्यले पर्यटकलाई अलौकिक अनुभूती दिलाउँछ ।

प्राकृतिक सुन्दरताले भरिएको यो मन्दिरको विकासका लागि भीमफेदी गाँपालिकाले गुरुयोजना बनाएको छ । संघीय सरकार र बागमती प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गतवर्ष २०७८÷०७९ मा २० लाख रुपैयाँ लगानी गरी भौतिक पूर्वाधारको काम गरेको थियो । जुन चालू आर्थिक वर्ष २०७९÷०८० मा पनि निरन्तरा दिइएको छ ।

‘हामीले यो ठाउँमा गरिरहेको काम भनेको यो वर्ष झण्डै पाँच सय मिटर लिफ्ट गरेर खानेपानी ल्याउँदै छौँ । यहाँ खानेपानी र बिजुलीको मुख्य समस्या छ । बिजुली पनि ल्याउने छौँ ।’, गाउँपालिका अध्यक्ष लामाले भने । सहरी भीडभाड र व्यस्त दैनिकीबाट अलग हुन चाहनेहरुले बिदाको छोटो समयमा समेत यो स्थानलाई गन्तव्य बनाउन सक्छन् ।

यसैगरी, लटारम्बेश्वर महादेब मन्दिरमा अब खानेपानीको सुविधा पु¥याइने भएको छ । नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यलयवाट थप ३८ लाख बजेट स्विकृत भइ विद्युतीकरण कार्यक्रम संचालनको लागि कार्यदेश प्राप्त भएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

उक्त विद्युतवाट भीमफेदी गाँउपालिकाको ४० लाख लगानीमा झण्डै १५ सय मिटर तल चिलाउने लेकबाट खानेपानीलाई मन्दिर क्षेत्रमा लिफ्टिङ कार्य गरिने अध्यक्ष लामाले बताए । आगामी आसार मसान्तसम्म उक्त कार्य सम्पन्न हुने बताइएको छ । खानेपानीको सुविधा नहुँदा मन्दिर पुग्ने तिर्थालु भक्तजनलाई समस्या हुने गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*