मजदुर योगदानको उच्च मूल्याड्ढन हुनुपर्छः प्रदेश प्रमुख शर्मा

संवाददाता
२०८० बैशाख १९, मंगलवार १०:२२

हेटौंडा– अन्तर्राष्ट्रिय श्रमिक (मजदुर) दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मजदुरहरुको योगदानको उच्च मूल्याड्ढन हुनुपर्ने बताएका छन् ।

प्रदेश प्रमुख शर्माले सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनका साथै विभिन्न श्रमिक संघर्षमार्फत् मजदुहरुले अधिकार पाएको दिनका रुपमा आजलाई लिइने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

नेपालको विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको सन्दर्भ उल्लेख गर्दै प्रमुख शर्माले आफ्नो अधिकारका लागि लड्ने मजदुरहरुको विशेष दिनलाई स्मरण गरिरहँदा उनीहरुले देश निर्माणका लागि पु¥याएको योगदानको उच्च मूल्याड्ढन हुनुपर्ने बताएका छन् ।

‘हाम्रो देश नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा लैजानका लागि श्रमिकहरुको अमूल्य योगदान रहेको छ’, प्रदेश प्रमुखको शुभकामनामा भनिएको छ– ‘नेपालको संविधानले सम्पूर्ण नागरिकहरुका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चितता प्रदान गरेको छ’, प्रमुख शर्माले श्रमिकहरुका अधिकारका सवालमा सबै पक्ष जिम्मेवार बन्नुुपर्नेमा जोड दिए ।

श्रमिकहरुका लागि अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, क्षमताबमोजिम रोजगारीको ग्यारेण्टी, सामाजिक सुरक्षालगायत अधिकार प्राप्त गरी अघि बढ्न सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*