नामटार–कुमलटार सडक स्तरीकरण हुँदै

संवाददाता
बैशाख ९, २०८०

मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाको केन्द्र कालिकाटारलाई त्रिभुवन राजपथसम्म जोड्ने चुनियाँ–नामटार–कालिकाटार सडकअन्तर्गतको नामटार–कुमलटार ३ किमि सडक खण्डको स्तरीकरण सुरु भएको छ ।

सिङ्गल ट्रयाक खोलेर कामचलाउ सवारी साधन चलिरहेको यो सडकलाई स्तरीकरण गर्न लागिएको हो । माटो कटिङ, ग्याबिन वाल, स्टोन मेशिनरीलगायतको काम गर्न ३ करोड ९४ लाख ३५ हजार रुपैयाँमा ठेक्का लागेको हो ।

सडकको गाउँपालिकाका अध्यक्ष लोक मुक्तानले शिलान्यास गरी कार्य प्रारम्भ गराएका छन् । बुधबार कुमलटारमा एक कार्यक्रमकाबीच अध्यक्ष मुक्तानले सडक स्तरीकरण कार्यको शिलान्यास गर्दै तोकिएकै समयमा कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशनदिए । कालोपत्रे सडक संजालमा मकवानपुरको दुईवटा पालिका जोडिएको छैन । कैलाश र राक्सिराङ गाउँपालिका कालोपत्रे सडक संजालमा नजोडिएका पालिका हुन् ।

संघ प्रदेश र स्थानीय सरकारको समपुरक योजनाअन्तर्गत ठेक्का लगाइएको उक्त सडक खण्डमा हाल ३ किलोमिटर स्तरीकरण हुनेछ । सडक फराकिलो बनाउने पर्खाल लगाउने काम हुनेछ । संघीय सरकारको समपुरक बजेटबाट ७० लाख रुपैयाँ र प्रदेश सरकारको ७० लाख रुपैयाँ गरी चालु वर्षमा एक करोड ४० लाख रुपैयाँ बराबरको काम गर्नेगरी ठेक्का सम्झौतागरिएको छ ।

बहुबर्षीय योजनाअन्तर्गत १८ महिनामा सम्पन्न गर्नेगरी आयुश्री बिल्डर्स एण्ड सप्लायर्स प्रालिसँग ठेक्का सम्झौता गरिएको छ । समपुरक अनुदानअन्तर्गत चालु वर्षमा १ करोड ४० लाख रुपैयाँको काम हुने र आगामी वर्ष गाउँपालिकाले बाँकी करिब डेढ करोड रुपैयाँ छुट्याउने गाउँपालिका अध्यक्ष मुक्तानले बताए । बाटोको शिलान्यास गर्दै पालिकाका अध्यक्ष मुक्तानले २०३७ सालदेखि सडक चलन चल्तीमा रहेता पनि हालसम्म स्तरीकरण नहुँदा स्थानीयले समस्या भोग्दै आएको बताए ।

अब भने त्रिभुवन राजपथबाट गाउँपालिका कार्यालयसम्म सहज आवागमनको लागि सडक स्तरीकरणलाई तीव्रता दिइने उनले बताए । उनले बाटो स्तरिकण भएसँगै पालिकाका सर्वसारधणलाई आवतजावतमा मात्र नभई उनीहरुले उत्पादन गरेका कृषिउपज बजारसम्म पु¥याउन सहज हुने बताए । शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, १० नम्बर वडाध्यक्ष सूर्यबहादुर भ्लोन, निवर्तमान वडाध्यक्ष माणिकलाल मुक्तानलगातको उपस्थिति रहेको थियो ।

मकवानपुरको भीमफेदी गाउँपालिकाको चुनियाँदेखि कैलाश गाउँपलिकाको नामटार–कालिकाटार– भार्ता–डाँडाँखर्क– गोगने हुँदै थाहा नगरपालिका जोड्ने सडक स्तरीकरण गर्नुपर्ने माग गाउँपालिकाको रहेको छ । गाउँपालिका अध्यक्ष मोक्तानका अनुसार घुमाउने, बुकुटी, लिक्चे लावती सडक पनि स्तरीकरण गर्ने चरणमा रहेको छ । कैलाशको वडा नम्बर ४ र राक्सीराङ गाउँपालिका वडा नम्बर ३ जोड्ने सडक निर्माण गर्न लागिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*