मकवानपुर हुँदै चल्ने रेलमार्गको डीपीआर महिना दिनभित्रै

हेटौंडा– वर्तमान सरकारले चासो देखाएपछि मकवानपुरको भूभागबाट चल्ने काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्रै तयार हुने भएको छ ।
भारतले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर एक महिनाभित्रै तयार हुने जानकारी गराएको सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार जानकारी दिए । अध्ययन सकेर एक महिनाभित्रै प्रतिवेदन नेपालले पाउने अपेक्षा गरिएको मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले बताए ।
परियोजना अध्ययनका लागि २२ असोज २०७८ मा नेपाल र भारत बीच द्विपक्षीय समझदारी ९एमओयू० भएको थियो । सम्झौताअनुरुप डीपीआर तयार हुने जनाइएको छ ।
करिब दुई महिनाअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग सरकारी प्रतिनिधिको भेटले काठमाडौं–रक्सौल रेलमार्ग निर्माणलाई प्राथमिकतामा साग अगाडि बढाउने सम्बन्धमा सहमति भएको थियो । जसकारण मकवानपुरको भूमि हुँदै गुड्ने भनिएको रेलमार्ग निर्माणले गति लिएको छ ।
दुई देशबीचको उच्च प्राथमिकतामा परेर रेलमार्ग निर्माण भएको अवस्थामा मकवानपुरको आर्थिक र सामाजिक विकासले फड्को मार्ने देखिन्छ । प्रस्तावित रेलमार्ग रौतहट र बारासँग सीमाना जोडिएको मकवानपुरको साविक धियाल गाविस हाल बकैया गाउँपालिकाको धियाल हुँदै सिस्नेरी पुग्ने जनाइएको छ ।
धियाल र सिस्नेरीको बीचमा शिखरपुरसँग पनि रेलमार्ग जोडिने भएको छ । मकवानपुरबाट रेलमार्ग मात्र नभई निजगढ–काठमाडौं फाष्ट ट्रयाक पनि निमार्णधीन छ । रेलमार्ग र फाष्ट ट्रयाक निर्माण पश्चात मकवानपुर सडक पूर्वाधारले थप सुसज्जित हुने देखिएको हो । सरकारले गत आर्थिक वर्ष २०७८\०७९ को बजेटमा काठमाडौं– रक्सौल रेलमार्ग र काठमाडौं–रसुवागढी रेलमार्गको डीपीआर सम्पन्न गर्ने जनाएको थियो ।
काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेशन सर्भे ९एफएलएस० का आधारमा रेलमार्ग मकवानपुरको धियाल–शिखरपुर–सिस्नेरी हुँदै काठमाडौं पुग्ने देखिएको हो ।
सोमबार पत्रकार सम्मेलनमा धारणा राख्दै मन्त्री श्रेष्ठले एमओयूअनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनी मार्फत् तयार गरेको हो । भारतले सम्झौताअनुसार नेपालमै काम गर्न टोली पठाएको थियो ।
१८ महिनाभित्र यो काम सकाउने लक्ष्य थियो । यो रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाललाई दिइसकेको छ । केआरसीएलले तयार पारेको प्रारम्भिक रिपोर्टअनुसार प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने देखिएको थियो ।
प्रस्तावित रेलमार्गको करिब ४० किलोमिटर खण्डमा सुरुङ रहनेछ भने साना–ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको थियो ।डीपीआर प्रतिवदेन प्राप्त भएपछि आयोजनाको निर्माणको मोडालिटबिारे छलफल अघि बढ्नेछ । रक्सौलबाट आउने क्रममा रेलबाराको जीतपुर, निजगढ, मनवानपुरको शिखरपुर, सिस्नेरी हुँदै काठमाडौं आइपुग्नेछ । यसबीचमा कुल १३ वटा रेल स्टेसन रहने छन् ।
जसमध्ये तीन वटा स्टेशन मकवानपुरमै पर्ने भएको छ । मकवानपुरमा रेलको स्टेशन धियाल, शिखरपुर र सिस्नेरीमा हुने जनाइएको हो । रेल रक्सौल, वीरगञ्ज, बगही, पिपरा, डुमरवाना, ककडी, निजगढ, चन्द्रपुर, धियाल, शिखरपुर, सिस्नेरी, साथीखेल र चोभारमा रोकिनेछ । रेलमार्गमा भारतीय प्रकारको ब्रोडगेज प्रयोगगरिने जनाइएको छ ।
रेलमार्ग निर्माणका क्रममा भौगोलिक बनावट, भौगर्विक जटिलता, भूकम्पीय जोखिम र सञ्चालन असहजताका कारण जटिलता तथा चुनौती आउने अनुमान गरिएको छ । लोकेशन सर्भेबाट मकवानपुरको भूभागबाट गुड्ने भनिएको स्थान सबै भौगोलिक रुपमा विकट छन् । धियाल पनि विकट हो । शिखरपुर र सिस्नेरी पनि भौगोलिक रुपमा विकट रहेका छन् ।
निजगढ–काठमाडौं फाष्ट ट्रयाक पनि मकवानपुर र ललितपुरको सीमानामा पर्ने बागमती दोभान (सिस्नेरी) हुँदै काठमाडौं उपत्यका पुग्नेछ । रेलमार्ग निर्माणको लागत नेपाली २ खर्ब ५४ अर्ब नेपाली रुपैयाँ ९१ खर्ब ६५ अर्ब ५० करोड ४४ लाख ६० हजार भारु० लाग्नेछ ।