सुनिल मोक्तान लोकतान्त्रिक तामाङ संघको उपमहासचिव चयन

संवाददाता
फाल्गुन १४, २०७९

हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट लोकतान्त्रिक तामाङ संघ नेपालको केन्द्रीय उपमहासचिवमा मकवानपुरका चर्चित युवा नेता सुनिल मोक्तान चयन भएका छन् ।

संघको काठमाडौंमा शनिवार भएको दोस्रो राष्ट्रिय सम्मेलनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्षसमेत रहेका मोक्तानलाई उपमहासचिवमा सर्वसम्मत चयन गरेको हो । मोक्तान एमाले मकवानपुर जिल्ला सचिवालय सदस्य तथा उपमहानगर इञ्चार्ज छन् ।

मकवानपुरमा तामाङ समुदायको पहिचान र समग्र क्षेत्रको विकास मोक्तानले विगतदेखि अहम भूमिका निर्वाह गर्दै आएका थिए । यसैगरी, संघमा मोक्तानसहिद पदाधिकारी र केन्द्रीय सदस्यहरुमा गरेर मकवानपुरका आधा दर्जन नेताहरुको सहभागिता रहेको छ । संघको सचिवमा थाहा नगरकी एमाले नेतृ बरिना बल सर्वसम्मत चयन भएकी छन् ।

संघको केन्द्रीय सदस्यमा हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाका वडाध्यक्ष फुर्वा दोर्जे लामा, रामबहादुर गोले, चन्द्र योञ्जन, नारायण बल, सुशिला मोक्तान, दिलबहादुर स्याङ्तान चयन भएका छन् । संघको प्रदेश आयोजक कमिटी सदस्यमा रत्न ब्लोन, जितबहादुर घलान र धनबहादुर योञ्जन चुनिए ।

संघको राष्ट्रिय सम्मेलनले अध्यक्षमा पूर्वमन्त्रीसमेत दावा दोर्जे लामालाई चयन गरेको छ । १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने संघको स्थाना १० भदौ २०६३ सालमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*