अखिल किसान महासंघमा पुनः दंगाल

संवाददाता
फाल्गुन १२, २०७९

हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल किसान महासंघ मकवानपुरको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः विष्णु दाहाल चयन भएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य भारती पाठकको प्रमुख आतिथ्यता तथा महासंघ मकवानपुरका अध्यक्ष बिष्णु दंगालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

अधिवेशले विष्णु दंगालको अध्यक्षतामा २५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । चार वर्षे कार्यकालका लागि उपाध्यक्षमा बिष्णुमणि अधिकारी, सचिवमा शालिकराम बानियाँ, सहसचिवमा सशिन कर्माचार्य, कोषाध्यक्षमा सरस्वती दाहाललगायत चयन भएका छन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा एमाले बागमती प्रदेश कमिटीका सदस्य एकराज उप्रेती, एमाले मकवानपुरका उपाध्यक्ष लालबहादुर थापा, सचिव नवीन सिग्देल, सहसचिव हिदम लामा, अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य सम्राट तुम्बा हाम्फे, महासंघका जिल्ला इन्चार्ज हरि प्रसाद कँडेललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*