मकवानपुर गोल्डकपः मनाङ मर्स्याङ्दी फाइनलमा

संवाददाता
फाल्गुन ७, २०७९

हेटौंडा– मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको महिलो सेमिफाइनल खेलमा मनाङले विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ)लाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलको निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा मनाङलाई जित दिलाउनका लागि गोलरक्षक दीप कार्की नायक बने । उनले एपिएफका एक खेलाडीको पेनाल्टी प्रहार रोके ।

जहाँ मनाङका चारै खेलाडीले गोल गरे । एपिएफका दुई खेलाडीले गोल गर्दा एक खेलाडीको प्रहार गोल पोष्टको बारमा लाग्दै बाहिरिएयो ।मनाङको पहिलो प्रहारमा सरोज योञ्जन लामाले गोलमा परिणत गरे । त्यसपछि एपिएफका कप्तान नविन लामाले रहजै गोल गर्न सफल भए ।

मनाङका लागि दोस्रो पेनाल्टी प्रहारमा गरेका भिसोन गुरुङले सजिलै जाली चुमाए । एपिएफका रक्षक सुदिप शिखाकारको प्रहार गोलरक्षक दीक कार्कीको पञ्जामा लाग्दै गोलमा परिणत भयो ।

तेस्रो र चौथो पेनाल्टी प्रहार गर्न आएका मनाङका सेदजामोल दाभ्लातजोनोभ र निराजन मल्ल एपिएफका गोलकिप्पर राजु नगरकोटीलाई छक्याउँदै गोल गर्न सफल भए । एपिएफबाट तेस्रो पेनाल्टी प्रहार गर्न आएका सनिश श्रेष्ठले गोल गर्न सकेनन् । उनको प्रहार गोलपोष्टको बारमा लाग्दै बाहिरियो ।

चौथो तथा खेलको अन्तिम पेनाल्टी प्रहार गर्न आएका दिपेश धिमालको प्रहार मनाङका गोलरक्षक दीप कार्कीले बचाए । यसअघि ९० मिनेटको खेलमा दुबै टोली राम्रो अवसर पाएपनि गोल गर्न भने सकेन । खेलको ८३ आँ मिनेटमा सेदजामोलले डिबक्स लाईनबाट गोल गर्ने अवसर पाएका थिए । उनको शसक्त प्रहार गोलपोष्टको फ्रेममा समेत परेन ।

त्यस्तै खेलको ८५ औँ मिनेटमा डिबक्सभित्र अनमार्क रहेका एपिएफका प्रदिप लामाले गोल गर्ने उत्कृष्ट मौका खेर फालेका थिए । दुबै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । पेनाल्टी बचाउ गर्दै जितका नायक बनेका गोलरक्षक दीप कार्की खेलको म्यान अफ द म्याच घोषित भए । उनले १० हजार नगद प्राप्त गरे ।

संर्घषपूर्ण जितसंगै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको मनाङले उपाधिका लागि क्यामरुनी टोली एभिनियर एफसी र हिमालयन शेर्पा क्लबबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । एभिनियर र शेर्पाबीचको खेल भोली दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*