मकवानपुर गोल्डकपः आज त्रिभुवन आर्मी र एपीएफ भिड्दै

संवाददाता
फाल्गुन ४, २०७९

हेटौंडा– हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा आज बिहीवार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

गोल्डकप आयोजक जिल्ला फुटबल संघ मकवानपुरका सचिव सुनिल लोप्चनले दिएको जानकारीअनुसार आज दिउसो ३ बजे डिफेन्डिङ च्याम्पियन आर्मी र एपीएफले सेमिफाइन प्रवेशका लागि भिड्ने भएका हुन् ।

बलिया दुई विभागी टोली स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको गत संस्करण जितेको आर्मी र एपीएफबीचको खेललाई फाइनल सरहको खेलका रुपमा हेरिएको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बुधवार भएको खेलमा एभिनियर एफसीले पर्साको बीरगञ्ज युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरिसकेको छ ।

आज हुने दोस्रो क्वाटरफाइनल खेलमा आर्मी र एपीएफबीचको विजेता पनि अन्तिम चारमा प्रवेश गर्ने लोप्चनले जानकारी दिए । यसैगरी, भोली ५ फागुन शुक्रबार आयोजक मकवानपुर–११ र ए डिभिजन लिगको चर्चित क्लब मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मकवानपुरले यसअघि उद्घाटन खेलमा नव जनजागृति क्लब सिमराई हराएको थियो भने मनाङले पहिलो पल्ट खेल्दैछ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट हुने खेलाडी र खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्नेछन् । १० फागुनमा गोल्डकपको फाइनल खेल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*