मकवानपुरमा खटिए पाँच जना ‘मिसन ग्रासरुट’ कमाण्डर

संवाददाता
फाल्गुन ३, २०७९

हेटौंडा– नेकपा एमालेले दुई महिनासम्म सञ्चालन गर्ने भएको पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत्को ‘मिसन ग्रासरुट’का लागि मकवानपुरमा पाँच जना खटिएका छन् ।

जिल्लामा खटिएका पाँचै जना बाहिरी जिल्लाका हुन् । मकवानपुरका एमाले नेता रामेश्वर राना भने धादिङ पुगेका छन् । ५ फागुनदेखि सुरु हुने ‘मिसन ग्रासरुट’ मकवानपुरको १० वटै स्थानीय तहमा सञ्चालन हुने जनाइएको छ । देशका सात प्रदेश र विशेष प्रदेशमा अभिमुखीकरण कार्यक्रम गरेर अभियानको सुरुवात गरिने जनाइएको छ । बागमती प्रदेशमा सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ कमाण्डर रहेका छन् ।

अभियानका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा पार्वत गुरुङ कमाण्डर बनेर आउन लागेका छन् । जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती र बकैया गाउँपालिकामा कमलजंग दनुवार कमाण्डर बनेका छन् ।

मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा बालिका गिरी, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकामा गोविन्द दुलाल कमाण्डर भएर आउने तय भएको एमाले मकवानपुरका सचिव नवीन सिग्देलले बताए । कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिकामा कमल प्रसाद चौलागाईंलाई कमाण्डर तोकिएको छ ।

एमालेले केन्द्रीय कमिटी सदस्यहरुलाई पालिका तहमा दुई महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागेको हो । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका प्रदेश कमाण्डरका रुपमा तोकिएका हुन् । अभियानअन्तर्गत् मकवानपुरका १० वटै पालिका तहमा पार्टीको आन्तरिक कार्यक्रम हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*