न्यूरेनीबासीलाई १० हजार लिटरसम्म निःशुल्क खानेपानी

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले नगरबासीँलाई १० हजार लिटरसम्मको खानेपानी निशुल्क उपलब्ध गराउने घोषणाको कार्यान्वयन सुरु भएको छ । हेटौंडा–१० न्यूरेनीका १ सय ६० परिवारलाई १० हजार लिटरसम्म निशुल्क खानेपानी उपलब्ध गराउन सुरु गरिएको छ ।
१२ बर्ष देखि खानेपानी उपभोक्ता समिति मार्फट खानेपानीको प्रयोग गर्दै आएका स्थानियले खानेपानी व्यवस्थापन बोर्डलाई उपभोक्ता समिति हस्तान्तरण गरेसँगै निःशुल्क पानी पाउने भएका हुन् ।
उपमहानगरका प्रमुख मिनाकुमारी लामाले बोर्डमार्फत जोडिएको धाराबाट पजानीको उपभोग गर्ने नगरवासीलाई १० हजार लिटर सम्म पानीको प्रयोगमा शुल्क नलाग्ने सम्झौता हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग गरेसँगै यहाँका बासिन्दाले निःशुल्क पानीको उपभोग गर्न पाउने भएका हुन् ।
बोर्डमा उपभोक्ता समिति हस्तान्तरणसँगै न्युरेनीका १ सय ६० घरधुरीले प्रयोग गर्दै आएको १ सय ३७ धारामा स्वच्छ र सफा खानेपानीको व्यवस्थापन गर्ने काम आफुहरु मातहत आएको अध्यक्ष प्रताप बिष्टले बताए ।
उपभोक्ता समिति हस्तान्तरण पुर्व बोर्डले न्युरेनीमा नयाँ पाईपलाइनको बिस्तार सँगै घरै पिछे पानी जडानको व्यवस्था मिलाई सकेको उनले बताए । २०६७ सालबाटै १ सय ५० रुपियाँ न्युनतम शुल्क तिर्दै आएका न्युरेनीवासीले अब कम मूल्यमा खानेपानीको उपभोग गर्न पाउने भएका छन् ।
उपभोक्ता समिति हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले नगरको समग्र बिकासमा लागि परेको बताइन् । उनले हेटौंडा १० न्युरेनी लक्षित गर्दै आयआर्जनमा जोडिनका लागि राप्ती तटमा आक्रर्षक पार्कको निर्माण गरिने बताइन् । चाडै अव्यवस्थित ढंगबाट फालिएका फोहरलाई व्यवस्थापन गर्दै उपमहानगरले व्यवस्थित ढंग बाट मेसिनको प्रयोग गर्दै फोहर व्यवस्थापन गर्ने बताइन् ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष नत्रेनाथ धिमालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१० का अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्डका सदस्य इन्द्र नेपाल, वडासदस्यहरु शारदा श्रेष्ठ, गोमा सुनार, खानेपानी बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटाको आतिथ्यता रहेको थियो ।