मामाघरका सञ्चालकको सुझावः ब्रथडेको पैसा सामाजिक काममा लगाऔं

संवाददाता
माघ १८, २०७९

हेटौंडा– अभिभावकविहीन र विभिन्न परिस्थितिले बालबालिकाको सडकमा आइपुग्नुपर्ने अवस्था अन्त्य गर्ने अभियानमा वर्षौदेखि क्रियाशिल मामाघर नेपालका सञ्चालक अर्पण पराजुलीले जन्मदिन (बथ्रडे)को अबसरमा गरिने खर्चको बारेमा सुझाव दिएका छन् ।

हेटौंडा–११, स्थित डाङ्डुङ्गेमा अवस्थित पूर्वसडक बालबालिकाहरुको आश्रय स्थाल मामाघरका सञ्चालक पराजुलीले पछिल्लो दिनमा ब्रथडेका नाममा भइरहेका अस्वभाविक खर्चलाई सामाजिक काममा लगाउन सुझाव दिएका छन् ।

‘यसो गरे कसो होला ?’ शिर्षकमा आफ्ना भनाई सामाजिक राख्दै पराजुलीले हेटौंडामा बर्थडे क्लब बनाउन प्रस्ताव गरेका छन् । क्लबमा जम्मा भएका पैसालाई सामाजिक क्षेत्रमा लगाउन उनले आग्रह पनि गरे ।

पराजुलीले यसो भने त्यसै लेखेका हैनन् । पछिल्लो दिनमा युवायुवतीहरुमा बथ्रडे मनाउन अस्वाभाविक खर्च गर्ने मोह बढेको छ । युवायुवतीहरु महंगा रेष्टरेन्टमा खर्चिलो तरिकाले बथ्रडे मनाईरहँदा पराजुलीले त्यो खर्चलाई सामाजिक कार्यमा बदल्न सुझाव दिएका हुन् ।

‘बर्थडे लगायतका अवसरहरुमा केक, खादा, माला, चक्लेट, खानपिन भनेर ठुलो रकम खर्च गर्ने चलन नै बनेको छ । यस्तो खर्चले क्षणिक रमाइलो मात्र भैरहेको छ । यस्ता अवसरहरुमा केही आर्थिक रकम संकलन गर्नेगरि ‘बर्थडे क्लब’ बनाउन सके संकलित रकमबाट धेरै सामाजिक कामहरु गर्न सकिन्छ ।,’ पराजुलीले लेखेका छन् ।

क्लबमा संकलित रकमले छात्रवृत्ति, भौतिक निर्माण, प्रविधि प्रयोग जस्ता कार्य गर्न सकिने उनले बताएका छन् । सबै स्कुल,क्याम्पस,कार्यालय,संघसंस्था, समूहलगायतले यस्ता अभियान संचालन गर्न सके स्थानीय स्तरमा नै ठूलो रकम संकलन हुनेमा उनी विश्वस्त छन् ।

‘कसैलाइ आर्थिक बोझ पनि नहुने, सामुहिक भावनाको बिकास हुने र अत्यावश्यक अवस्थामा प्रयोग पनि गर्न मिल्ने यस्तो कोष धेरै फलदायी हुन्छ । हामी हेटौंडाबासीले पनि ‘हेटौंडा बर्थडे क्लब’ बनाएर अघि बढ्ने कि…,’ पराजुलीले सुझाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*