हेटौंडा आइडलमा भोटिङ राउण्ड सुरु

संवाददाता
२०७९ माघ १८, बुधबार १४:२४

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१०, स्थित भुटनदेवी पार्कमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको प्रमुख आकर्षकको केन्द्रको रुपमा रहेको हेटौंडा आइडल गायन प्रतियोगितामा भोटिङ राउण्ड सुरु भएको छ ।

उत्कृष्ट १० भित्र पर्ने प्रतिस्पर्धीहरुलाई टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् ।

उत्कृष्ट १० भित्र अनिता मोक्तान, प्रेमलाल बैठा, आवाज सुनार, सुस्मिता श्रेष्ठ, दीपेश श्रेष्ठ, राजेन्द्र सापकोटा, राजेश दर्नाल, सुसन शाही ठकुरी, विजय लामा, दिपा स्याङ्तान परेका छन् । आज बुधवार यी प्रतिस्पर्धी मध्ये एक जना आउट हुने मुख्य निर्णायक विजय कार्कीले बताए ।

हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी टाइप गरि ३१००३ मा एसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने कार्कीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*