बकैयामा २२ माघदेखि फुटबल प्रतियोगिता हुँदै

संवाददाता
२०७९ माघ १८, बुधबार १४:०६

हेटौंडा– बकैया गाँउपालिकामा चौथो बकैया कप (पुरुष) नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बकैया गाँउपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले यही माघ २२ गतेदेखि २८ गतेसम्म प्रतियोगिता हुने बताए ।

अध्यक्ष थिङका अनुसार प्रतियोगितामा बकैया गाउँपालिकाभित्र रहेका १२ वटा वडाहरु सभागिता रहनेछ । प्रतियोगिता बकैया गाउँपालिका वडा नम्बर ७ स्थित भिरकोटको खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेता हुने टिमले नगद रु १ लाख ५० हजार र उपविजेता हुने टिमले नगद रु १ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टिमले नगद १० हजार र ट्रफि प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि माघ १९ गतेभित्र टिम दर्ता गरिसक्नु पर्नेछ । टिम दर्ता शुल्क नगद रु ३ हजार लाग्ने र प्रत्येक खेलको उत्कृष्ट खेलाडी सहित विधागत पुरस्कार पनि प्रदान गरिने अध्यक्ष थिङले बताए ।

प्रतियोगितामा बाहिरको खेलाडी समावेश गर्न पाइने छैन । बाहिरको खेलाडी समावेश गरेमा टिम प्रतियोगिताबाटै बाहिरिने र बकैया खेलकुद विकास समितीको आयोजनामा हुने आगमी प्रतियोगितामा सहभागी हुनबाट बञ्चित हुने थिङले बताए । यसअघि भएको बकैया कप फुटलब प्रतियोगिताको उपाघि वडा नं. ३ ले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*