बागमतीको मुख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

संवाददाता
२०७९ माघ १४, शनिबार १७:५८

हेटौंडा– बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्य न्यायधिवक्तामा नेपाललाई नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा नेपाललाई प्रदेश सरकारको मुख्य न्याधिवत्तामा नियुक्त गरेका हुन् ।

उनलाई नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्य न्यायाधिकवक्तामा नेपाल नियुक्त भएका छन् । नेपाल सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का हुन् ।

यसअघिका मुख्य न्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिनाअघि राजीनामा दिएका थिए । सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि फेरिने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*