बागमतीमा राज्यमन्त्री नबनाउने मुख्यमन्त्री जम्मकट्टेलको घोषणा

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो कार्यकालमा राज्यमन्त्री नियुक्त नगरिने बताएका छन् । मंगलबार मन्त्रालय संख्या निर्धारण गर्न बनेको कार्यदलको प्रतिवेदन बुझ्दै उनले राज्यमन्त्र नबनाउने बताए ।
विगतमा १४ वटा मन्त्रालय र १८ जना मन्त्री बनाउँदा धेरै आलोचना भएको स्मरण गर्दै मुख्यमन्त्री जम्कट्टेलले ११ जना मन्त्री मात्रै नियुक्त हुने जानकारी दिएका छन् ।
उनले बुधबार गठबन्धनभित्र भागवण्डा टुंगो लगाएर मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । गठबन्धनको बैठक आज दिउँसो बस्ने तयारी छ । जम्कट्टेलले भागवण्डाका सम्बन्धमा दलहरूसँग अनौपचारिक छलफल भएको बताए ।