मकवानपुरमा दुई वटा शव भेटियो
हेटौंडा– मकवानपुरमा छुट्टाछुट्टै ठाउँमा दुई वटा शव फेला परेको छ । कैलाश गाउँपालिका–६ पकने मराङसिङका वीरबहादुर ब्लोनको बारीमा धादिङ गजुरी–४ भुमिढुङ्गाका २२ बर्षीय शंकर तामाङको शव फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका–१८ गुम्बाडाडा खोल्सामा अन्दाजी ४०र४५ बर्षका एक पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मुचुल्का तथा अनुसन्धानका लागि प्रहरी परिचालन गरिए उनले जानकारी दिए ।