बागमतीमा ९६ प्रहरीमाथि विभागीय कारबाही

संवाददाता
माघ ४, २०७९

हेटौंडा– बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशका १० जिल्लामा कार्यरत ९काठमाडौं उपत्यकाबाहेक० ९६ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ ।

चालु आर्थिक वर्ष २०७९र०८० को ६ महिना अवधिभित्र प्रदेश प्रहरी कार्यालय मातहतमा कार्यरत ९६ जना प्रहरी कर्मचारीलाई आचरणविपरीत कार्य गरेको भन्दै विभागीय कारबाही गरिएको जनाइएको छ ।

प्रहरीको वार्षिक कार्ययोजना–२०७९ तयार गरी कार्यान्वयनको चरणमा रहेको र अनुगमन प्रणालीको विकास गरी प्रदेशबाट १ सय ७० र मातहतबाट ५ सय ३४ पटक अनुगमन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

अनुगमनबाट उत्कृष्ट कार्यसम्पादन भएका प्रहरी कर्मचारीलाई पुरस्कृतसँगै आचरणविपरीत कार्य गर्नेलाई कारबाही पनि गरिएको एसएसपी रेग्मीले बताए । प्रहरी प्रहरीले प्रत्येक महिना १५ जना प्रहरी कर्मचारीलाई पुरस्कृतसमेत गर्दै आइरहेको छ ।

हालसम्म कार्यालयले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्ने ४ सय ६६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको एसएसपी रेग्मीले जानकारी दिए ।

कार्यालयले प्रशासनिक सुधारअन्तर्गत मातहतका १४ वटा कार्यालयसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेको र १२ लक्ष्य र १ सय क्रियाकलाप कार्यान्वयनमा रहेको उनको भनाइ छ । प्रादेशिक प्रहरी अस्पताल तथा प्रदेशस्तरीय विधिविज्ञान प्रयोगशाला निर्माण गर्न ३० वर्षका लागि हेटौँडा उपमहानगरपालिका–१७, स्थित हटियामा नेपाल सरकारको नाममा रहेको ४ बिगाहा जग्गा लिजमा लिने सम्झौता भएको रेग्मीले बताए ।

प्रदेश प्रहरी कार्यालयले शान्ति सुरक्षा व्यवस्थापन तथा अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै लगेको रेग्मी बताउँछन् । उनका अनुसार सिसिटिभी जडानलाई प्राथमिकता दिँदै ६ महिनाको अवधिमा प्रदेशका विभिन्न स्थानमा थप ८१ वटा सिसिटिभी जडान गरिएको छ ।

बागमती प्रदेश प्रवेश गर्ने विभिन्न राजमार्ग तथा नाकाहरुमा रहेका सिसिटिभी प्रदेश प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट मनिटर गरिँदै आएको छ । थप सिसिटिभी जडानका लागि प्रदेश सरकारबाट १ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको उनले जानकारी दिए ।

६ महिनामा २ हजार बढी मुद्दा दर्ता

बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०७९र८० को ६ महिनाभित्र दुई हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् ।

प्रदेशको १३ जिल्लामध्ये १० वटा जिल्लाबाट ९काठमाडौं उपत्यकाबाहेक० ६ महिनामा २ हजा १ सय ५३ वटा मुद्दा दर्ता भएका हुन् । बागमती प्रदेश प्रहरी कार्यालय मातहतका २३ वटा प्रहरी कार्यालयहरुमा उक्त संख्यामा मुद्दा दर्ता भएको हो ।

प्रहरी कार्यालयले विभिन्न अपराधमा संलग्न भएको आरोपमा १ हजार ४ सय ५ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । कार्यालयका अनुसार फैसला कार्यान्वयनतर्फ प्रहरीले ३ सय ८७ जनालाई पक्राउ गरी ४ करोड ८ लाख ६१ हजार ८ सय ९९ रुपैयाँ जरिवाना संकलन गरेको छ ।

प्रदेशको १० जिल्लामा चालुआर्थिक वर्षको ६ महिनामा १ लाख २८ हजार ७ सय ५४ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियम विपरित चलेका सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा परेका उक्त सवारी साधन कारबाहीबाट ११ करोड ३२ लाख ६५ हजार ५ सय रुपैयाँ जरिवाना संकलन गरिएको एसएसपी रेग्मीले जानकारी दिए ।

सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी साधनको यान्त्रिक परीक्षण अभियान संचालन गरी ५ हजार ५ सय ९४ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको प्रवक्ता रेग्मीले बताए ।

सवारी साधनको तीब्र गति नियन्त्रणका लागि विभिन्न २ सय २० स्थानमा राडर गनसहित चेकजाँच गर्ने व्यवस्था मिलाएर सिन्धुली, काभ्रे, चितवन, मकवानपुर र धादिङ जिल्लाका राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधनमा टायम कार्डको व्यवस्था गरिएको प्रवक्ता रेग्मीले बताए ।

यसैगरी ६ महिनाभित्र लागुऔषध ओसारपसारमा संलग्न २ सय ५७ जना पक्राउ परेका छन् । कार्यालयले विभिन्न प्रतिबन्धित औषधिजन्य लागुऔषध २२ हजार ९ सय १३ पिस, १ लाख ५ हजार ५ सय मिलि लिटर तरलजन्य लागुऔषधसहित २ सय ५७ जना कारोबारीलाई पक्राउ गरेको जनाएको हो ।

लागुऔषध गाँजा २ हजार ८ सय ८७ किलो, चरेश ९५ किलो, अफिम २ किलो र खैरो हिरोइन १ सय ८७ ग्राम बरामद भएको प्रवक्ता रेग्मीले जानकारी दिए । शिलापत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*