विश्वासको मत लिँदै मुख्यमन्त्री जम्मकट्टेल

संवाददाता
माघ ३, २०७९

हेटौंडा– बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक प्रक्रियाको तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेककिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*