प्रणामी व्यवसायी संघको साधारणसभा

संवाददाता
२०७९ पुष १७, आईतवार १०:२८

हेटौंडा–  प्रणामी समुदायका व्यवसायीहरुको छाता संगठन प्रणामी व्यवसायी संघ मकवानपुरको साधारणसभा भएको छ ।

संघका जिल्ला अध्यक्ष बिनोद पुडासैनीको सभाअध्यक्ष तथा प्रणामी व्यवसायी संघका केन्द्रीय अध्यक्ष बिष्णु प्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । वाग्लेले व्यवसायीहरुबीच हार्दिक बढाउन संगठन निरन्तर लागिपरेको बताए ।

संगठनले व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि पनि काम गर्ने योजना ल्याउन लागेको बताएका छन् ।

कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण प्रसाद घिमिरे, संघका केन्द्रीय सल्लाहकार अर्जुन प्रसाद वाग्ले, राप्रपाका नेता गुञ्जन बहादुर न्योपाने, सुर्यमणि गौतम, धर्म राज ढकाल, श्रीकृष्ण प्रणामी युवा परिषद् मकवानपुरका अध्यक्ष शिव खतिवडा, जन प्रतिनिधि गुरु प्रसाद ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*