जनताबाट प्रत्यक्ष चुनिने कांग्रेसकी डिनाको सपना अधुरै

संवाददाता
मंसिर ९, २०७९

हेटौंडा– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पराजित भएकी छन् ।

डिनाले राप्रपाका दीपकबहादुर सिंहसँग २ हजार ३ सय ८२ मतान्तरमा पराजय भोगेकी हुन् । १ नम्बर क्षेत्रको मतगणनामा सुरुवाती चरणदेखि नै डिना, एमालेबाट उम्मेदवार रहेका राप्रपा नेपाल अध्यक्ष कमल थापा र सिंहबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।

बागमती गाउँपालिकाको मतपेटिका खोलेर सुरु गरिएको मतगणनामा डिनाले निरन्तर अग्रता लिएकी थिइन् । बकैया गाउँपालिकाको मतगणनामा पनि डिनाले आशा लाग्दो अग्रता लिएकी हुन् ।

तर, हेटौँडा उपमहानगरपालिको मतगणना हुँदा राप्रपाका सिंहले निरन्तर मतान्तर घटाउँदै लगे । सिंहलाई हेटौँडाको मतले विजयी गराएको थियो । पार्टी राजनीतिमा सफल देखिएकी डिनालाई जनताबाट प्रत्यक्ष चुनिने अवसर भने गुमेको छ ।

डिना २०६४ को संविधानसभा निर्वाचनमा सामानुपातिक कोटाबाट संसद प्रवेश गरेकी हुन् । समानुपातिक सांसद भएकै बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी जलस्रोत राज्यमन्त्रीसमेत भइन् ।

डिनाले उम्मेदवारी दर्ता गरेलगत्तै शिलापत्रसँगको कुराकानीमा भनेकी थिइन्, ‘म यस पटक जनताबाट प्रत्यक्ष चुनिन आएको हुँ । यसअघि समानुपातिक सांसद थिए ।

यसपटक जनताबाट चुनिएर संसदमा पुग्ने मेरो उद्देश्य हो ।’ डिनाले प्रत्यक्षमा चुनाव लडेको यो पहिलो पटक भने होइन । डिनाले यसअघि तीन पटक (हालसहित चार) क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन लडेकी थिइन् । तर, उनी प्रत्यक्ष निर्वाचनमा सधैँ असफल हुँदै आएकी हुन् ।

उनको यो निर्वाचनमा भने प्रत्यक्ष निर्वाचन जित्ने सपना थियो । तर, दीपक सिंहसँगको पराजयका कारण डिनाको उक्त सपना पूरा हुन पाएन् । डिनाको विगतको निर्वाचन रेकर्ड कमल थापाको भन्दा फरक छैन ।

मकवानपुरमा उनले पटक–पटक कम्युनिस्ट नेताहरूसँगै पराजय भोगिन् । २०४८ सालको आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी उनी नेकपा एमालेका तत्कालीन उम्मेदवार विरोध खतिवडासँग पराजित बनिन् । २०५१ सालको मध्यावधि निर्वाचनमा पनि डिनाले फेरि खतिवडासँगै हार व्यहोरिन् ।

२०५६ मा भएको आमनिर्वाचनमा उनले उम्मेदवारी दिइनन् । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा डिना पुनः उम्मेदवार बनिन् । तर, पाँच वर्षअघिको प्रत्यक्ष निर्वाचनमा पनि डिनाका लागि खतिवडा नै तगारो बने । परम्परागत प्रतिस्पर्धी खतिवडा ९हाल नेकपा एकीकृत समाजवादी० र डिनाले यस निर्वाचनमा निर्वाचन क्षेत्र बाँडेर लडे पनि खतिवडा एमालेका महेश बर्तौलासँग पराजित हुन पुगे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*