मकवानपुर–२ः महेश बर्तौलाको अग्रता, विरोध खतिवडा २३ मतले पछाडि

संवाददाता
२०७९ मंसिर ५, सोमबार १७:१४

हेटौंडा– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनका विरोध खतिवडालाई झिनो मतले पछि पार्दै एमालेका महेशकुमार बर्तौंलाले सुरुवाती अग्रता लिएका छन् । बर्तौंलासँग खतिवडा २३ मतले पछाडि छन् ।

२ हजार ३ सय ८५ मतगणना हुँदा बर्तौंलाले ८ सय ४९ र विरोध खतिवडाले ८ सय २६ मत ल्याएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४ सय ६९ मत ल्याएका छन् । राप्रपाका राजन मैनालीले २७ मत पाए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत भीमफेदी गाउँपालिका–६ र ७, कैलाश गाउँपालिका–२, मनहरी गाउँपालिका–२, हेटौँडा उपमहानगरपालिका–१९ नम्बर वडाको गरी कुल २ हजार ३ सय ८५ गणना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*