कमल थापाको खुलासाः हेटौंडालाई राजधानी बनाउने पक्षमा कांग्रेस र माओवादी थिएन

संवाददाता
कार्तिक ३०, २०७९

हेटौंडा– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट उम्मेदवार रहेका राप्रपा नेपाल अध्यक्ष कमल थापाले हेटौंडालाई राजधानी बनाउन आफूले धेरै मिहेनत गरेको बताएका छन् ।

चुनावी कार्यक्रमअन्तर्गत् बुधवार मकवानपुरगढी गाउँपालिका–३ मा भएको सभालाई सम्बोधन गर्दै थापाले हेटौंडालाई राजधानी बनाउन हुँदैन भन्ने पक्षमा कांग्रेस र माओवादीका मन्त्रीहरु एकमत रहेको बताएका छन् । उनले सात वटा प्रदेश राजधानी तोक्ने बेलामा हेटौंडाको विषयालाई लिएर ढिला निर्णय भएको स्मरण गराए ।

उनका अनुसार तत्कालीन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ३ नम्बर प्रदेशको राजधानी भक्तपुर बनाउनु पर्छ भनेर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव ल्याएको थिए । थापाले भक्तपुर काठमाडौं उपत्यकाकै एक भाग भएकोले कुनै हालतमा राजधानी हेटौंडा लैजानु पर्छ भन्नेमा आफूले प्रस्ताव राखेको बताएका छन् ।

‘मैले हेटौंडालाई राजधानी बनाउनु पर्छ भन्दा क्याबिनेटमा रहेका कांग्रेस र माओवादीका मन्त्रीहरुले मलाई मुखामुख गरेर त्यो कुनामा कसरी राजधानी हुन्छ भनेर ख्याउँख्याउँ गरे,’ थापाले भने, ‘मैले कुनै हालतमा हेटौंडा राजधानी हुनुपर्छ भने । बिहानको मन्त्रिपरिषद् बैठकमा निर्णय हुन सकेन् । ६ वटाको राजधानी भइसकेको थियो,’

देउवाले आफूलाई एउटा कुनामा लगेर राजधानीको विषयमा तपाईले सहयोग गर्दिन पर्यो भनेर भनेको थापाले बताए । कांग्रेस पार्टीभित्र विद्रोह हुन्छ मलाई सहयोग गर्दिन पर्यो भनेर देउवाले भनेको उनले बताए । ‘तपाई एउटा प्रदेशको प्रमुख लिनुस् तर राजधानीको कुरा नगर्नुस् भन्नु भयो । मैले भने प्रदेशको प्रमुख चाहिँदैन् । यदी तपाई हेटौंडा राजधानी नबनाउने भए म तपाईलाई सहयोग गर्छु राजिनामा दिन्छु भनेपछि उहाँले साह्रै जिध्धी गर्नु भयो हेटौंडालाई राजधानी बनाउँ भनेर भन्नु भयो,’

उनले हेटौंडालाई आफूले राजधानी बनाएको भनेर भ्रम छरिएको उनको भनाई थियो । हेटौंडाको कतैबाट पनि प्रस्ताव नआउँदा आफूले राजधानी बनाउने उनी भन्छन् । हेटौंडालाई तत्कालीन समयमा अस्थायी राजधानीका रुपमा निर्णय गरिएको थियो । उक्त मन्त्रिपरिषद्मा थापा उपप्रधानमन्त्री थिए ।

मकवानपुरको राजनीतिमा एउटा संयोग पनि मिलेको चर्चा छ । हेटौंडालाई अस्थायी राजधानी बनाउने थापा र प्रदेशसभाबाट हेटौंडालाई स्थायी राजधानी बनाउने तत्कालीन एमाले नेतृत्वको प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल एउटै मोर्चामा छन् । पौडेलले तत्कालीन नेकपाभित्र विद्रोह नै गरी हेटौंडालाई राजधानी बनाएको चर्चा अझै हुने गरेको छ ।

उम्मेदवार थापाले हेटौंडा–धरान–चतरा सडख खण्डको विषयमा पनि गबठन्धनका उम्मेदवारहरुले भ्रम छरेको बताए । ‘त्यो सडक त काम गर्नेले बनाएका हुन् । तर योजना कसले हाल्यो भन्ने महत्वपूर्ण कुरा हो । यस्ता भ्रमहरु धेरै आउन सक्छन् । भ्रमको पछाडि नलाग्नुस्,’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*