मतदाता भन्छन्ः विरोधलाई भोट हालेर थाक्यौँ, अब महेशलाई जिताउछौँ

संवाददाता
२०७९ कार्तिक ३०, बुधबार २०:१७

हेटौंडा– हेटौंडा उपमहानगरपालिका –१९ नेवारपानी स्थित एक पार्क नजिकै ठेलामा राखेको चिया पसलमा अहिले हरेक दिन जसो चुनाव चर्चा हुने गर्छ ।

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा पर्ने यो स्थानमा सत्ता गठबन्धनको तर्फबाट बिरोध खतिवडा र नेकपा एमालेतर्फका महेश बर्तौला मुख्य प्रतिस्पर्धामा छन् ।

त्यसैले पनि चिया पसलमा उनीहरुको पक्ष विपक्षमा चियाको चुस्कीसँगै छलफल चलिरहन्छ । खतिवडा २०४८ सालदेखि लगातार चार पटक यो क्षेत्रबाट नेकपा एमालेको सूर्य चिह्नबाट लडेर विजयी भएका थिए ।

तर , यो पटक सत्ता गठबन्धनको साथ पाएका उनी नेकपा एकीकृत समाजवादी पार्टीको कमल चिन्न लिएर निर्वाचनमा होमिएका छन् । त्यही सूर्य चिह्न उनलाई २०७४ सालमा जिताउन लागेका महेश बर्तौलाले पाएका छन् यसपटक । त्यसैले पनि अहिले चियापसलमा यसबारे छलफल चल्ने गर्छ ।

चिया पसल सञ्चालन गर्दै आएका एक स्थानीयले यसपटक यो क्षेत्रमा महेश नै जित्ने दाबी गरे । ‘माखो मारेको छैन कसरी जित्छ रु’ उनको पसलमा चिया पिइरहेका नवरलपुरका भोला प्रसाद सुवेदीले भने ।’
७३ वर्षिय सुवेदीले बर्तौला युवा , पढेको र सरल स्वभावको भएकोले पनि जित्ने दाबी गर्छन् । ‘२१ सालदेखिको चुनावको अनुभव भएको मान्छे हु ,’ ‘जित्छ भन्ने मेरो अठोट हो ।’

सुवेदीसँगै बसेर चिया पिउँदै गरेका प्रकाश बर्तौलाले पनि महेश बर्तौलाले चुनाव जित्ने दावी गरे । ‘खतिवडाको लागि हामिले जिन्दगीभर जिम्मेवार लिएर बसेका छैनौ । यसपटक त महेशलाई जान्छ मेरो भोट पनि ,’ ‘ हो बाँच्नपर्छ खानपर्छ तर , खाएर नपुगेकाहरुलाई अब भोट दिन्नौ ।’

नेवारपानी भन्दा अलि पर रहेको मनहरी गाउँपालिका वडा नम्वर–३ मा थुप्रै युवाहरु आफ्नो क्षेत्रको उम्मेद्वारहरुको चर्चा गरिरहेका थिए यसैवीच त्यहाँका एक युवा पुरुषोत्तम घिमिरेले उक्त क्षेत्रमा महेश नै बलियो उम्मेद्वार भएको भन्दै बर्तौलाले नै चुनाव जित्ने ठोकुवा गरे ।

‘युवाको आधारमा , पढेलेखेको आधारमा र गठबन्धनको कांग्रेस र माओवादीको उम्मेद्वार पनि नभएको आधारमा उहाँले नै चुनाव जित्नु हुन्छ ,’ घिमिरे भने । ’ अर्का युवा शिवराज ढकाल पनि महेशले चुनाव जित्ने बताउँछन् । ‘बिरोध खतिवडालाई हाम्रो हजुरबुवाको पालादेखि भोट हाल्यो । अब परिवर्तनको लागि महेश बर्तौलालाई भोट हाल्छौं ,’ ‘ महेश बर्तौलाको लगभग यो क्षेत्रमा जित सुनिश्चि छ ।’

युवादेखि वृद्धसम्मले महेश बर्तौलाले जित्ने दावी गर्दै आईरहेका छन् । महेश बर्तौलासँग युवाहरु आर्कषित त छन् नै तर , बृद्धहरु पनि उनको उम्मेद्वारलाई सकरात्मक रुपमा लिँदै आईरहेका छन् ।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार मकवानपुर २ निर्वाचन क्षेत्रमा एमालेले वडास्तरमा ३६ हजार ८६६ भोट ल्याएको थियो । यसैगरी कांग्रेसले यो क्षेत्रमा वडास्तरमा ३४ हजार २४०, माओवादीले २२ हजार ६०७ , एकीकृत समाजवादीको २ हजार ७१९ र राष्ट्रिय जनमोर्चाको ४३४ भो खसेको थियो । गठबन्धनको मत ६० हजार ३० छ ।

गणितीय हिसाब अनुसार गठबन्धन अगाडि रहेतापनि एकिकृत समाजवादीका नेता बिरोध खतिवडा चार पटक उक्त क्षेत्रबाट विजयी भएर पनि गएपनि केहि उपलब्धिमुलक काम नगरेको भन्दै स्थानीयहरु रुष्ट भएकाले महेश बर्तौलाले चुनाव जित्ने सम्भावना बढि रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*