मकवानपुरको निर्वाचनमा खटिने ९० प्रतिशत कर्मचारीले बुझे नियुक्ती
हेटौंडा– मकवानपुरमा ३ सय ६५ मतदान केन्द्रमा गरेर २ हजार ९ सय १८ जना कर्मचारी खटिने भएका छन् । निर्वाचनमा खटिने करिब ९० प्रतिशत कर्मचारीले मंगलबार नियुक्त पत्र बुझेका छन् ।
निजामति कर्मचारी २ हजार ९ सयसहित मकवानपुरका १० वटा पालिकामा गरेर आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि ३ हजार बढी कर्मचारी खटाइने भएको हो । ३ सय ६५ मतदान केन्द्रमा शिक्षकहरु १–१ जना र कतै २ जनासम्म खटिने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
उनका अनुसार मंगलबार ९० प्रतिशतले नियुक्ती पत्रसँगै आवश्यक खर्च रकम बुझको र अब निर्वाचन सामग्री लिएर मतदान केन्द्रहरुमा पठाइने छ । हेटौंडाबाट नजिकैका मतदान केन्द्रमा खटिने करिब १० प्रतिशत कर्मचारीलाई १ मंसिरसम्म सबै प्रक्रिया पु¥याएर निर्वाचन सामग्रीसहित पठाइने निरौलाले बताए ।
हेटौंडाका विभिन्न मन्त्रालय, जिल्ला स्तरका कार्यालय र स्थानीय तहसमेत गरेर २ हजार ९ सय जना कर्मचारी र अन्य सहायक स्तरका स्थायी शिक्षकहरुलाई चुनावमा खटाउन लागिएको निरौलाले बताए ।
कर्मचारीसँगै निर्वाचनको सुरक्षाका लागि ३ हजार भन्दा बढी म्यादीसमेत गरेर नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी पनि खटाइने भएको छ । जसमध्ये करिब १ हजार ७ सय जना म्यादी प्रहरी मात्रै छन् । निर्वाचनको तयारीमा प्रदेश निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र १ र २ ले तीव्र तयारी गरिरहेका छन् ।
प्रदेश निर्वाचनको कार्यालय हेटौंडाले नियुक्त पत्र बुझेका कर्मचारीहरुलाई मतपेटिका, मतपत्रसहितका निर्वाचन सामग्री उपलब्ध गराइरहेको छ । जिल्लाको विकट र दुर्गम क्षेत्रमा खटिने कर्मचारीहरुलाई ढिला नगरी सोमबार बाटै निर्वाचन सामग्री उपलब्ध गराउन सुरु गरिएको थियो ।
कर्मचारीहरुले मंगलबारदेखि निर्वाचन सामग्री बुझेर आफू खटिएको मतदान केन्द्रतर्फ हिँडेको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि निर्वाचनमा खटिने कर्मचारीहरुलाई निर्वाचनका सम्बन्धमा अभिमुखीकरण दिइएको थियो । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उपसचिव स्तरका मतदान अधिकृत रहेका छन् ।
अधिकृत स्तरका सहायक अधिकृत खटिएका छन् । जिल्लाका अन्य पालिकाहरुमा भने अधिकृत तहका मतदान अधिकृत खटाइएको छ । नायव सुब्बा तहका कर्मचारीलाई सहायक अधिकृतको रुपमा खटाइएको छ ।
जिल्लाका एक सय ६७ वटा मतदान स्थलमा ७ सय २८ जना मतदान अधिकृत र सहायक अधिकृतलाई पठाइदै छ । १ मंसिरसम्म निर्वाचनका लागि खटाइएका सबै कर्मचारी तोकिएको मतदान केन्द्रसम्म पुगिसक्नुपर्ने जनाइएको छ ।
जिल्लामा १९ वटा मतदान स्थललाई अतिसंवेदनशील र ६० वटा मतदान स्थललाई संवेदनशील सूचिमा राखिएको छ । मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा क्षेत्र गरेर ६० जना भन्दा बढी उम्मेदवार छन् ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा १० जना उम्मेदवार छन् । प्रदेश सभा १ को (क) मा १० जना, १ को (ख) मा १५ जना, प्रदेशसभा २ को (क) मा ८ जना र २ को (ख) मा १० जना उम्मेदवार छन् । जिल्लाभर महिला, पुरुष र अन्य गरेर २ लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेका छन् ।