आनन्दको सहयोगमा रुम्बाले पाइन् नयाँ घर

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेकी कान्छिमाया रुम्बा मख्ख छिन् । खर र प्लाष्टिकले छाएको झुप्रो घरमा बस्दै आएकोमा दुई कोठे पक्कि नयाँ घर सहयोग पाएपछि मख्ख पनि कसरी नपर्नु ?
लामो समयदेखि असुरक्षित रहेको पानी चुहिने घरमा बस्दै एकल महिला रुम्बालाई उक्त घर सहयोग गर्ने व्यक्ती नेपाली कांग्रेसका नेता एवं मकवानपुर क्षेत्र नम्बर १ ९खं०का उम्मेदवार आनन्दराम पराजुली हुन् ।
रुम्बाको अवस्थाका बारेमा थाहा पाएपछि पराजुलीले उनलाई सहयोग गर्ने विचार गरे । दुःखी गरिब र असाहयहरुलाई सहयोग गर्न सधै तप्तर देखिने पराजुलीले व्यक्तिगत लगानीमा रुम्बाको लागी दशै अघि नै दुई कोठे जस्ताले छाएको घर बनाइदिए । रुम्बा र उनका छोरा अहिले नयाँ घरमा बस्छिन ।
घर पाएपछि खुशि भएकी रुम्बा पराजुलीको खुलेर प्रशंसा गर्छिन् । ‘आनन्दबाबुका कारण म नयाँ घरमा बस्न पाएको छु । हामी जस्ता गरिब दुखिलाई सहयोग गर्ने मान्छे पनि हुन्छन होला भन्ने लागेको थिएन तर आनन्दबाबुल आफनै खर्चमा मेरोलागी घर बनाइदिनुभयो । म खुशि छु ।’ रुम्बाले भनिन् ।
आनन्दराम पराजुली मकवानपुर क्षेत्र नम्बर १ को ९ख० मा उम्मेदवार भएको थाहा पाएकी रुम्बले खुशि हुँदै जितको शुभकामना दिइन् । उनले सबैसँग पराजुलीलाई जिताइदिन आग्रह पनि गरिन्,‘आनन्दबाबुलाई मेरो आशिर्वाद लागोस । सबैले उहाँलाई भोट हालेर जिताइ दिनुहोला । आनन्दबाबु हामी जस्ता दुखि गरिबको लागी काम गर्ने मान्छे हो ।
आनन्दबाबुले जित्नुभयो भने हामी जस्ता दुखी गरिबको जिवनमा परिवर्तन हुन्छ ।’ पराजुलीले रुम्बाका लागी व्यक्तिगत लगानीमा घर बनाईदिएका थिए। उनले तीन लाखमा दुई कोठे जस्ताले छाएको घर बनाइदिएका हुन् ।