महिला जागृति साकोसको २४ औं साधारणसभा

संवाददाता
कार्तिक ३, २०७९

संस्थाका अध्यक्ष रिताकुमारी मगरको सभाध्यक्षतामा भएको सभामा गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

सहकारीले आव २०७८/०७९मा आफ्ना शेयर सदस्यलाई १४ करोड ३ लाख १० हजार ७५९ रुपैयाँ कर्जा लगानी गरेको छ । १६ करोड ४२ लाख ३७ हजार ९२० रुपैयाँको वार्षिक कारोबार रहेको सहकारीमा बचत निक्षेप भने १३ करोड ३७ लाख ७८ हजार २६७ रहेको संस्थाका व्यवस्थापक कोपिला थापाले बताइन् । एक हजार चार सय शेयर सदस्य रहेको सहकारीमा एक करोड ५६ लाख ३८ हजार २ सय शेयर पुजीँ रहेको छ भने जगेडा कोष एक करोड ७२ लाख १८ हजार २४२ रुपैयाँ रहेको छ ।

सहकारीले सभाको अवसरमा सहकारीको कार्यक्षेत्रमा क्रियाशील रहेका स्वास्थ्य स्वंम सेविकाहरुलाई सम्मान गरिएको थियो ।

सभामा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष विष्णुमाया लामा, वडा नं. ६ का वडा अध्यक्ष सोमबहादुर लामा, भीमसेन साना किसान सहकारीका सरिता परियार चण्डेश्वरी साकोसका शान्ता विक लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*