बागेश्वरी साकोसको २५ करोड बढी कारोबार
हेटौंडा– हेटौंडाका उत्कृष्ट सहकारीमा पर्ने बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हेटौंडा–११ को १४ औं वार्षिक साधारणसभा भएको छ ।
सहकारीले गत आर्थिक वर्ष २०७८–०७९ मा २५ करोड ३२ लाख ४५ हजार ९ सय ३६ रुपैयाँको वार्षिक कारोबार गर्न सफल भएको जनाइएको छ । सहकारीमा २ करोड ६९ लाख ५१ हजार पाँच सय शेयर पुजीँ रहेको छ ।
आफ्ना शेयर सदस्यलाई २० करोड २४ लाख ८९ हजार ८४८ रुपैयाँ कर्जा लगानी गरेको सहकारीले जानकारी दिएको छ । संस्थामा बचत निक्षेप १८ करोड ४६ लाख ८३ हजार ५ सय ३६ रहेको छ । सहकारीमा जगेडा कोष भने १ करोड १३ लाख ७६ हजार ८ सय ६६ रुपैयाँ छ ।
सहकारीकी अध्यक्ष आशा कुमारी अधिकारीको सभाध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
सहकारीले साधारणसभामा नियमित बचततर्फ कमला गिरी, सञ्चमाया बल, कान्ता धिताल, खुत्रुके बचततर्फ रिता शिवाकोटी, मिना सापकोटा, सञ्चमाया बल, रेनुका थापा क्षेत्री, असल ऋणीतर्फ गंगा सुनुवार, रेनुका थापा क्षेत्री, पार्वती बानियाँ, असल व्यवसायीतर्फ पुतली सेती सिलाल र गंगा कुमारी तामाङलाई पुरस्कृत गरेको सहकारीकी प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले जानकारी दिइन् ।
जीवन साहारातर्फ सविना पुडासैनी, चिनीमाया श्रेष्ठ, शिक्षा बचततर्फ उषा बर्तौला, सतिदेवी कंडेल, उत्कृष्ट शेयर तर्फ रिता शिवाकोटी, विष्णुमाया श्रेष्ठ, उत्कृष्ट गहना बचततर्फ लालीमाया तितुङ, सोविता कुमारी अधिकारी र पानसमा बत्ति बाल्ने सदस्य सुनिता शिवाकोटीलाई पुरस्कृत गरिएको थियो ।
सबै पुरस्कार गोलाप्रथाको माध्यमबाट पुरस्कृत गरिएको हो । सभामा ११ वटा टोल विकास संस्था र ३५ जना जेष्ठ शेयरलाई सम्मान गरिएको थियो ।सभामा वडा नम्बर ११ का अध्यक्ष जुना दाहाल, हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठलगायतको आतिथ्यता थियो ।