हेटौंडामा २८ जनाले दिए रगत

हेटौंडा, २८ असोज– हेटौंडामा शुक्रबार भएको संयुक्त रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । डिष्ट्रिक्ट ३२५ एस नेपाल एरिया २ को आयोजनामा भएको रक्तदान भएको हो ।
एरिया चिफ विकेश लाल श्रेष्ठको अध्यक्षता तथा डिष्ट्रिक ३२५ एस नेपालका सेकेन्ड भिडिजी एमजेएफ टासी डोल्मा तुम्बाहाम्फेको प्रमुख आतिथ्यता रहेको थियो ।
महामारीको रुपमा फैलिरहेको डेंगु रोगका कारण हेटौंडामा हाल रगतको अभाव भएको रक्त संचार हेटौंडाद्वारा जानकारी प्राप्त भएसँगै यस अभावलाई सहज बनाउनको निमित्त लायन्स क्लब डिष्ट्रक्ट ३२५ एस अन्तर्गत रहेको एरिया –२ (मकवानपुर जिल्लामा रहेको सम्पुर्ण लायन्स तथा लियो क्लब) को संयुक्त आयोजनामा गरिएको एरिया चिफ विकेश लाल श्रेष्ठले बताए ।
कार्यक्रममा पूर्वगभर्नर एमजेएफ शम्भु नकर्मी, रिजन तथा जोन चेयरपर्शनहरुलगायत विभिन्न क्लबका अध्यक्षहरुको उपस्थिति थियो । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रक्त संचार केन्द्र हेटौंडाले गरेको थियो ।