आधुनिक महिलाको १७ औं साधारणसभा

हेटौंडा, २८ असोज– आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा उपमहानगरपालिका–१२ पानतलेको १७ औं साधारणसभा भएको छ ।
सहकारीले शुक्रबार साधारणसभा गर्दै आर्थिक वर्ष २०७८–०७९ को आयव्यय विवरण प्रस्तुतका साथै चालू आर्थिक वर्ष २०७९–०८० को कार्यक्रम सार्वजनिक गरेको छ । सहकारीकी अध्यक्ष कमला केसीको सभाध्यक्षतामा भएको साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, कमला दर्जो, किसन थापा, सम्झना विडारी, जुना अधिकारी दाहाल, अरविन्दकुमार यादवलगायतको आतिथ्यता थियो ।
हेटौंडाको १२ र १३ नम्बर वडाभित्र कार्यक्षेत्र रहेको सहकारीले शेयर सदस्य महिलाहरुलाई बचत गर्न सिकाउँदै आइरहेको अध्यक्ष केसीले बताइन् । सहकारीले गत आवमा ५ करोड २२ हजार ४ सय ७२ रुपैयाँ कारोबार गर्न सफल भएको अध्यक्ष केसीले जानकारी दिइन् ।
यसैगरी, आव २०७८–०८९ मा ८ सय ३२ जनालाई ४ करोड ९४ लाख २५ हजार ७ सय ६३ लगानी गर्न सफल भएको छ । सहकारीले साधारणसभाको अबसरमा असल ऋणिहरु शर्मिला घलान, गिता कार्की, चमेली लामालाई पुरस्कृत गरिएको थियो ।
असल नियमित बचततर्फ लोकमाया खड्का, सकुन्तला मोक्तान र राधिका गौतम उत्कृष्ट ठहरिएका छन् । यसैगरी, अविवाहित तथा एकल महिलातर्फ सेती माया थोकर, चिनिमाया घलान, कृष्णुकमारी सुनार, झलकुमारी खतिवडालाई सम्मान गरिएको सहकारीकी व्यवस्थापक अम्बिका न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार ज्येष्ठ नागरिकतर्फ राधिका पौडेल, सारदा देवी न्यौपाने, सुकुमाया घिसिङ, खुद्रुके बचततर्फ स्मृत मोक्तान, सुवास स्याङतान, लजिन मोक्तान पुरस्कृत भएका छन् । रमनटार महिला समूह र सिमपानी महिला समूह उत्कृष्ट भएका छन् ।