हेटौंडा उपमहानगरद्वारा पाँच जनालाई ह्विलचियर
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले शारिरीक अशक्त भई हिँडडुलमा समस्या व्यहोर्दै आएका पाँचजनालाई ह्विलचियर प्रदान गरेको छ ।
उपमहानगरले दैनिक जिवनयापनको क्रममा घर बाहिरसमेत निस्कन असहज भई थलिएर बसेका उपमहानगरपालिकाका ४ वटा वडाका ५ जनालाई बुधवार ह्विलचियर प्रदान गरिएको हो ।
शरिरीक रुपमा अशक्त भई हिँड्डुलमा समस्या व्यहोर्दै आएका हेटौंडा–१४ कामान बहादुर बल, १३ कादिल माया स्याङतान, १९ काकुमार अर्याल, श्याम बहादुर बल र हेटौंडा–३ का शेषानन्द घोरासैनीलाई सहज हिँड्डुलका लागि उपमहानगरले ह्विलचियर प्रदान गरेको हो ।
उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले शारिरीक रुपमा अशक्त भएका परिवारलाई ह्विलचियर हस्तान्तरण गरेकी हुन् ।
चालु आर्थिक बर्ष २०७९–०८० मा वडातहबाट सिफारिस भएर आएका परिवारलाई उपमहानगरले पहिलो पटक सहयोग सामग्री हस्तान्तरण गरेको हो ।
शारिरीक रुपमा अशक्त रहेकाहरुको परिवारले वडा कार्यालयको सिफारिसमा सहयोग सामग्री माग गर्ने र उपमहानगरले खरिद गरी हस्तान्तरण गर्ने प्रकृया निरन्तर चलिरहने महिला तथा बालबालिका महाशाखा प्रमुक बिष्णुकुमारी लामिछानेले बताइन् ।