नागरिकता कागजको खोस्टा हैनः कमल थापा

संवाददाता
अशोज ७, २०७९

हेटौँडा– राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलीपल्टै दिन नागरिकता कागजको खोस्टा नभएको प्रतिक्रिया दिएका छन् ।

नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका हुन् । निर्वाचन केन्द्रीत कार्यक्रममा गृहजिल्ला मकवानपुरमा व्यस्त रहेका थापाले बकैया गाउँ पालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने– ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ ।

जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ । तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्विकार गर्न सकिँदैन,’ थापाले भने

थापाले युवाहरु राजनीतिक स्वार्थको गोटी बन्न नहुने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सडकमा उत्रिएका गठबन्धनका युवाहरुलाई व्यंग्य गर्दै थापाले गोटी बन्न नहुने र सही कुरालाई छुट्याउन सक्नुपर्नेमा जोड दिए ।

उनले सरकार र दलहरुको मर्यादाहीन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन नसकेको टिप्पणी गर्दै लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको बताए । संविधान पतन हुनबाट जोगाउन दलहरुको व्यवहारमा सुधार अनिवार्य भएको भन्दै थापाले धर्मनिरपेक्षता र प्रदेश तहको खारेजी आवश्यक भएको समेत अभिव्यक्ति दिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष श्याम तिमल्सिना र नेता गणेश थापाले आगामी चुनावमा जिल्लाको विकासको लागि मकवानपुरे जनताले कमल थापालाई जिताउनु पर्ने बताए ।

थापाले गाउँ कमिटीको कार्यालय उद्घाटन गर्नुका साथै विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपाल प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गरेका थिए । गाउँ कमिटीका अध्यक्ष विशाल कठायतको सभापतित्वमा भएको कार्यक्रममा नेताहरु राजाराम अर्याल, दिल बहादुर बल , भृगु कार्की, सुबर्ण लामालगायतले बोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*