मउवा संघ मकवानपुरको तीन दिने भ्रमण

संवाददाता
२०७९ भाद्र २९, बुधबार १३:५८

हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ)को तीन दिने सिन्धुली, रामेछाप र दोलखा भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा संघका सल्लाहकार, पदाधिकारी, सदस्य, कर्मचारी तथा पत्रकारको सहभागितामा सिन्धुली, सिन्धुलीगढी, चरिकोट, दोलखाको कालिञ्चोक भगवती मन्दिर, दोलखा भीमसेन मन्दिर, जिरी र रामेछापमा भ्रमण र छलफल कार्यक्रम सम्पन्न भएको हो ।

मउवासंघको २७ सदस्यीय भ्रमण टोलीलाई सिन्धुली,रामेछाप र दोलखा उद्योग वाणिज्य संघले स्वागत गरेको थियो । भदौ २४ गते देखि २६ गतेसम भएको भ्रमणमा मउवासंघले तीनै जिल्लाको उद्योग वाणिज्य संघको बारेमा जानकारी लिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*